पुल नहुँदा बालबालिका विद्यालय जानबाट वञ्चित
बनगाड कुपिण्डे नगरपालिका–२ कुनिकका बालबालिकाहरु भेरी नदि वारपार गर्ने पुल नहुँदा विद्यालय जानबाट वञ्चित भएका छन् ।
गाउँमा बिद्यालय नभएको र टाढाको बिद्यालयमा पढ्न जाने भेरी नदीमा पुल नभएका कारण यस गाउँका बालबालिका विद्यालय जानबाट बञ्चित भएका हुन् । माथिल्लो कक्षामा पढ्ने बालबालिका तुइन चढेर विद्यालय जाने गरेको भएपनि विद्यालय जाने उमेर समूहका साना बालबालिका भनेर विद्यालय जानबाट वञ्चित भएका छन् ।
पढ्न पाउने हरेक बालबालिकाको नैसर्गिक अधिकार हो । तर विद्यालय जानको लागि बीचमा पर्ने भेरी नदि पुल नहुँदा बालबालिका पढ्न पाउने अधिकारबाट बञ्चित भएका हुन् । स्थानीयले भेरी नदि वारपार गर्न तुइन निर्माण गरेपनि डर र जोखिम हुनेभएपछि यहाँका बालबालिका बिद्यालय जानबाट वञ्चित भएका छन् । यस गाउँमा विद्यालय उमेर समुहका १० जना बालबालिका छन् । तर नदिमा पुल नहुँदा विद्यालय जान पाएका छैनन् ।
ठुलो उमेरका र आफ्नो सुरक्षा आफै गर्नसक्ने खालका बालबालिका मात्रै बिद्यालयमा पढ्न जाने गरेको अभिभावक बताउँछन् । स्थानीय मानबहादुर घर्तीले नदीमा पुल नहुँदा आफ्ना बालबालिका विद्यालय जानबाट बञ्चित भएको बताउनुभयो । नदि नै देखेर बच्चा डराउँछन्, तुइन चढ्नसक्ने झन् सम्भावना नै भएन उहाँले भन्नुभयो पढ्ने उमेर भैसकेको छ, तर नदिमा पुल नहुँदा विद्यालयमा पढ्नपठाएका छैनौँ । नदि तर्ने अर्को विकल्प नहँुदा साना बालबालिकालाई विद्यालयमा नपठाउने गरेको उहाँको भनाइ छ ।
यहाँका ६ जना बालबालिका विद्यालयमा भर्ना भएका छन् । तर तुइन चढेर एक घण्टा टाढा रहेको जाजरकोटको भेरी नगरपालिकामा रहेको घुरचौरमा पढ्न जानुपर्ने भएकाले उनीहरुको पढाइ पनि नियमित छैन् । ‘हामी हरेक दिन विहान तुइन चढेर बिद्यालय जान्छौँ, तुइन चढेर घर फर्किन्छौँ, डर लाग्छ लरी चुडिन्छ कि भनेर तर पनि तुइन चढ्नुपर्ने बाध्यता छ’ कक्षा ७ मा अध्ययनरत विद्यार्थी दिपेन्द्र घर्तीले बताउनुभयो । नदिमा पुल नहुँदा नियमित विद्यालय जान नपाएको उहाँको भनाइ छ ।
सरकारले २०७२ सालमा दुई वर्षभित्रमा देशभरका तुइन विस्थापन गर्ने भनेर घोषणा गरेको आठ वर्ष पुरा भएको छ । तर ग्रामिण भेगमा रहेका तुइन भने विस्थापन हुन सकेका छैनन् । अहिले बालबालिका बिद्यालय जान, दैनिक उपभोग्य वस्तु ओसारपसार गर्न र विरामीलाई उपचारका लागि अस्पताल लैजान समस्या यही तुइनको प्रयोग गर्नु परेको स्थानीय गोपिलाल शर्माले गुनासो गर्नुभयो ।
‘हरेक दिन विद्यार्थी र स्थानीयले तुइनबाट वारपार गर्दै आएका छन्, झोलुङ्गे पुलको लहरामा ग्रिस लगाएर सानो डन्डीमा अड्याएको सानो चक्का कति बेला चुडिने हो थाहा छैन्, यात्रा जोखिमपुर्ण छ’ उहाँले भन्नुभयो । विकास निर्माणका काम नहुनु, शिक्षा, स्वास्थ्यमा पहुँच नपुग्नु र जोखिम मोलेर भेरी नदि वारपार गर्नुपर्ने भएपछि यहाँका केही स्थानीय बसाइ सरेको उहाँको भनाइ छ ।
झोलुङ्गे पुलको माग गरेका छौँ : वडाअध्यक्ष खत्री
बनगाड कुपिण्डे नगरपालिका–२ का वडा अध्यक्ष मान बहादुर खत्रीले तुइन विस्थापन गरेर झोलुङ्गे पुल निर्माणका लागि पहल थालिएको बताउनुभएको छ । उहाँले वडाबाट झोलुङ्गे पुलको माग गरेर नगरपालिकामा पठाएको र नगरपालिकाले प्रदेश सरकारसँग झोलुङ्गे पुलको माग गरेको बताउनुभयो ।
‘भेरीमा झोलुङ्गे पुल नहुँदा स्थानीयलाई सास्ती भएको छ, भर्खरै मात्र तुइन निर्माण गरिएको हो, यसले स्थानीयलाई केही सहज बनाएको छ, तर सास्ती धेरै छ, यहाँका स्थानीयको बस्तु ओसारपसार गर्ने, विद्यार्थी पढ्न जाने, विरामी भए उपचार गर्न जाने भनेकै जाजारकोटको छेडामा हो, त्यही भएर झोलुङ्गे पुल निर्माण नहुँदा सम्मको लागि तुइन बनाइएको हो’ उहाँले भन्नुभयो ‘हामीले माग गरेका छौँ ।’ झोलुङ्गे पुल निर्माण भएमा बनगाड कुपिण्डे नगरपालिका–२ र ३ का साथै जाजरकोटका केही स्थानीयलाई समेत सहज हुनेछ ।
बुद्धिमान पुन
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा जिल्ला अदालत, कैलालीले धनगढी उपमहानगरपालिका–२ का हरीश कार्कीलाई कात्तिक २१ गते डेढ महिना कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश…
२० वर्ष मुनिका युवतीहरु आमा बन्दैः आमा र बच्चा जोखिममा !
कानुनले बाल विवाहलाई बर्जित गरे पनि जिल्लाका युवतीहरु सानो उमेरमा विवाह गरी आमा बन्दै आएका छन् । २० वर्ष भन्दा कम उमेरमा विवाह गर्नु कानुन विपरित भए पनि जिल्लामा २०…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
भानु नपा–८ गैरीफाँटकी ३९ वर्षीया प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति ओमनारयण श्रेष्ठलाई कात्तिक २२ गते गिरफ्तार गरेको छ । घरायसी विवादमा प्रतिक्षालाई आरोपितले…
निःशुल्क डाइलासिस सेवाको पालो नपाउँदा बिरामी मर्कामा ! (फोटो फिचर)
सरकारले मृगौला रोगका बिरामीलाई निःशुल्क डाइलासिस गर्ने व्यवस्थापन गरेपनि पर्याप्त मात्रामा स्रोत, साधन र जनशक्तिको अभावले बिरामीले निःशुल्क सेवा पाउनबाट वञ्चित हुँदा बिरामी मर्कामा परेका छन् । गुलरिया नगरपालिका–१२, लालपुरका…
हत्या घटनाका आरोपितविरुद्ध उजुरी
धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ गोदार की २८ वर्षीया लक्ष्मीनिया देवी मण्डलको हत्या गरेको आरोपमा ०८१ कात्तिक १५ गते मटिहानी नगरपालिका-५ का २२ वर्षीय राकेश नायक र निजका पत्नी २५ वर्षीया रीनादेवी…