पुर्पक्षका लागि थुनामा रहेका बन्दीको मृत्यु

  ०७८ वैशाख ४ गते

कालिञ्चोक गाउँपालिका–६ निवासी २८ वर्षीय हिमाल थामी वैशाख ३ गते जिल्ला कारागार शाखा चरिकोटको शौचालयको झ्यालमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

थामी फागुन ८ गते पत्नीलाई खुकरी प्रहार गरी हत्या गरेको आरोपमा कर्तव्य ज्यान मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका थिए ।

वैशाख ३ गते बिहान खाना खाएर ११ बजे तिर शौचालय गएका थामीले बाहिर निस्किन ढिलो गरेपछि लाइनमा रहेका कैदीले जेल प्रशासनलाई जानकारी गराएका थिए ।

तत्कालै शौचालयको ढोका फुटाउँदा फुटाउँदै थामीको मृत्यु भइसकेको चरिकोट कारागारका निमित्त प्रमुख पदम केसीले जानकारी दिए ।

प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा वैशाख ३ गते शवको पोष्टमार्टम गरी सद्गतको लागि आफन्तको जिम्मा लगाइएको केसीले बताउनु भयो ।


उद्धव पोखरेल