पुन मतदान सम्पन्न पश्चात मतगणाना सुरू
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मत गणना ०७९ मङ्सिर १५ गते राति साँढे ९ बजेबाट सुरु भएको छ ।
देशभरझै दोलखामा पनि गत मङ्सिर ४ गतेनै निर्वाचन सम्पन्न भए पनि नेकपा एमाले दोलखाको मागपछि चारम ओटा मतदानस्थलको १० ओटा बुथमा मतगणना सुरू गरिएको हो । गौरीशकर गाउँपालिकाको वडा नम्बर ३ झ्याकु मतदान स्थलको मतगणना सुरुवात भएको छ ।
सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रका पोलिटव्युरो सदस्य गंगा कार्की र एमालेबाट बालकृष्ण शिवाकोटी उम्मेदवार छन् । स्वतन्त्र लगायत अन्य दलका गरी २१ जना उम्मेदवारहरू पनि चुनावी मैदानमा रहे पनि विशेषगरी दोलखामा गठबन्धन र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै, प्रदेशसभातर्फ क्षेत्र नम्बर १ मा गठबन्धनबाट नेपाली कांग्रेसका कुण्दनराज काफ्ले र नेकपा एमालेका नरबहादुर श्रेष्ठ तथा क्षेत्र २ मा सत्ता गठबन्धनबाट कांग्रेसका बर्मा लामा र एमालेका भरत केसीबीच प्रतिस्पर्धा हुँदैछ । जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि ५२ जना उम्मेदवार बनेका छन् ।
उद्धव पोखरेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु बाणगंगा नपा–१० ओदारीका १९वर्षीय मनोज चौधरी र तिलोत्तमा नपा–१० सुपौलीका कुलबहादुर थापालाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुबीभ्याली गाउँपालिका-६ का ४६ वर्षीय आफ्नै बुवालाई प्रहरीले ०७९ माघ १२ गते गिरफ्तार गरेको छ । पीडित सुतेकै अवस्थामा नीलकण्ठ नगरपालिका-१२ साङकोष अस्थाई घरमा…
पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान
कथित बोक्सी आरोपमा कुटिएकी सिद्धलेक गाउँपालिका–२ बिसटारी की ४७ वर्षीया हिरादेवी सिलवाललाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ माघ १३ गते सहयोग नगद उपलब्ध गराएको छ । इन्सेकको पीडित…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जान नसकेका दुई जना घरेलु हिंसा पीडित महिलालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले आर्थिक सहयोग गरेको छ । जाजरकोट जिल्लाको…
अनुगमनमा गएका वडा सदस्यमाथि कुटपिट
छिन्नमस्ता गाउँपालिका–५ का वडा सदस्य ४७ वर्षीय योगेन्द्रप्रसाद शर्मा, उहाँका बुबा ७५ वर्षीय बिन्देश्वर शर्मा र भतिजा ३० वर्षीय संजयकुमार शर्मालाई ०७९ माघ ११ गते सोही ठाउँका ५० वर्षीय जयनाथ…