पुनर्स्थापना र राहातको पर्खाइमा भूकम्प पीडित, राहत नपाएपछि खुला चाैरमा बस्न बाध्य
पुर्बिचौकी गाउँपालिका–३ गैरागाउँका भूकम्प पीडितहरु पुनस्र्थापना र राहतको पखाइमा रहेका छन् । भूकम्पका कारण घर भत्तिएपछि पीडित परिवारहरु खुल्ला चौरमा रात बिताउन बाध्य भएका छन् ।भूकम्पपछि पराकम्पन गइरहेकाले पीडितहरुलाई थप त्रास बढेको स्थानीय भूकम्प पीडित भरत बोहराले बताउनु भयो ।
जाडोको बेला आगो तापेर रात बिताउनु पर्दा सरकारी निकायहरुले आफूहरुको व्यवास्था गरेको उहाँले गुनासो गर्नु भयो । उहाँका अनुसार नेपाल रेडक्रस सोसाइटी, डोटी शाखाले २० ओटा त्रिपाल उपलब्ध गराए पनि त्यो अपुग रहेको छ ।
बस्नलाई घर छैन् । पकाउनलाई भाडा छैन् । हामा्रे पिडा कस्ले सुन्ने ? न्यानो कपडा अभावले बालबालिका तथा ज्येष्ठ नागरिकहरु चिसोले कठङग्रिने गरेको भूकम्प पीडित खडकबहादुर बोहराले गुनासो गर्नु भयो ।
तत्कालका लागि अस्थायी रुपमा भएपनि सरकारले टहराको व्यवस्था गरि दिन भूकम्प पीडितहरुले माग गर्नु भएको छ । खेतबारीमा पाकेका धान र कोदो टिप्न समेत नपाउँदा जङ्गली जनावर बदेल, बादरले खान थालेको पीडितहरुको गुनासो छ ।
विपद व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले गृह मन्त्रालयबाट त्रिपाल कम्बल र कात्तिक २३ गते विहान २ बजे १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर गएको ६.६ रेक्टर स्केलको भूकम्पमा परी गैरागाउँका ६ जनाको मृत्यु भएको थियो भने पाँच जना घाइते भएका थिए । भूकम्पबाट आठ घरमा पुर्ण रुपमा क्षति भएको थियो ।
गणेश जोशी
सम्बन्धित समाचारहरू
निर्माणाधिन भवन सञ्चालनमा नल्याउदा विद्यार्थीहरु खोला किनारमा पढ्न बाध्य
०७७ कात्तिक ४ गते आएको बाढीले बगाएको विद्यालय भवन पुनर्निर्माण भइसक्दा समेत सञ्चालनमा नल्याउँदा पञ्चेश्वर गाउँपालिका–१ को गडदेव आधारभूत विद्यालयका विद्यार्थीहरु खोलाको किनारमा खुला आकाशमूनि पढ्न बाध्य भएका छन् ।…
कारागारबाट फरार बन्दी गिरफ्तार
मानव बेचबिखनको आरोपमा पुर्पक्षका लागि थुनामा रहेको बेलामा कारागारबाट भागेकी जुगल गाउँपालिका-५ स्थित बराम्ची स्थायी घर भएकी २५ वर्षीया कविता घिमिरेलाई प्रहरीले ०७९ माघ २४ गते काठमाडौँको जडिबुडिबाट गिरफ्तार गरेको छ ।…
न्याय सम्पादनमा ढिलाईका कारण २९ वर्ष सम्मका आरोपित बालसुधार गृहमा बस्न बाध्य
बाँके जिल्ला जिल्लाको जयन्दु बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएका कारण २९ वर्ष सम्मका आरोपितहरू बाल सुधार गृहमा बस्न बाध्य छन् । जसका कारण बाल सुधार…
जनप्रतिनिधिले कुटपिट गरेको पीडितको आरोप
चौदण्डीगढी नगरपालिका-९ का २८ वर्षीय राकेश हुजदारलाई वडाध्यक्ष ४३ वर्षीय प्रकाश राउतले माघ २४ गते कुटपिट गरी दायाँ हात भाँचिदिएको आरोप पीडितले लगाउनु भएको छ । चौदण्डीगढी नगरपालिका-९ पश्चिम ज्यामिरेस्थित…
दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित
सिन्धुली अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाग्राहीले पाउने पर्ने सेवा प्रभावित भएको छ । अस्पतालमा करिव दुई महिना देखि भिडियो एक्सरे सेवा बन्द भएको छ । जसका कारण सेवा…