पुनर्स्थापनाको अभावमा भूकम्प पीडितहरु कस्टकर जिवन जिउन बाध्य
०७९ कात्तिक २३ गते आएको भूकम्पका कारण विस्थापित भएका पुर्बिचौकी गाउँपालिका–५ सिमबाटाका भूकम्प पीडितहरुको पुनर्स्थापना हुन सकेको छैन् । भूकम्प पीडितहरुको पुनर्स्थापना हुन नसक्दा उहाँहरुले सास्ती खेप्दै आउनु भएको छ ।
भूकम्पका कारण पुर्विचौकी–५ का ७० वर्षीय मन्जीते साउदको घरमा क्षति पुगेका कारण अहिले उहाँको परिवार त्रिपाल मुनी जिवन विताउन बाध्य छन् ।
भूकक्प पीडित मन्जी साउदले भन्नु भयो– ‘चिसोले गर्दा लहरे खोकीले सास फेर्न समेत अप्ठेरो भएको छ । त्रिपालबाट चुहिने शितले ओडने ओछ्याउने कपडा भिजाउने गरेको छ । हिउ जम्ने लेकमा त्रिपाल मुनि सुत्नु पर्दा २० वर्ष पुरानो दम रोग बल्झी रहेको छ । केहि दिन बाच्ने रहर भए पनि चिसोल मरीन्छकी भन्ने डर उत्पन्न भएको छ ।’
अत्याधिक चिसोका कारण न्यानो हुने आसले यहाँका आठ परिवारका ३४ जना एकै त्रिपाल मुनि सुत्ने गरेका छन ।
गर्भवती रम्भा साउदलाई गर्भमा रहेको शिशुलाई जोगाउने चिन्ता छ । त्रिपालमूनि सुत्दा रुघाखोकीले च्यापेपछि चार पटक उपचारका लागि चौखुट्टे स्वास्थ्य चौकीमा समेत पुग्नु भएको छ । तर, त्रिमालमूनिको बसाईले उहाँ र उहाँको गर्भमा रहेको बच्चाको जिवन नै जोखिममा रहेको छ ।
उहाँले भन्नु भयो– ‘पेट ओसिलो हुने, ढाँड दुख्ने, टाँउको दुख्ने तथा खानपानमा स्वाद नआउने गरेको छ । पेटमा हुकिदै गरेको बच्चाको समेत ज्यान खोजिममा छ । सरकारले आफूहरुको व्यवस्थापन नगर्दा यस्तो दुख सहनु परेको छ ।’
भूकम्पका सानाठुला पराकम्पन आइरहेकाले चर्किएको घरभित्र पुर्बिचौकी गाउँपालिका—५ उत्तरकाँडाका अधिकांश परीवार बस्न सकेका छैनन् । त्रिपालमूनी आगो बाल्न नमिल्ने भएकाले जमिनमूनीबाट आउने चिसो र त्रिपालबाट चुहिने सितले गर्भवती, बालबालिका, ज्येष्ठ नागरीक र दिर्घरोगीलाई थप समस्या भएको छ । बालबालिकाहरुका ओठ, हात,गोडा अत्याधिक चिसोका कारण फुटेका छन् ।
पुर्बिचौकी गाउँपालिका–५ सिमबाटाकी २४ वर्षीया देउमती साउद र २५ वर्षीया झुमा साउदले आफूहरुका दुघेबालक चिसोबाट जोगाउन सास्ती भएको दुखेसो पोख्नु भयो ।
खप्तड मध्यवर्ती क्षेत्रभित्र पर्ने सिमबाटा गाँउमा ज्येष्ठ नागरीक र बालबालिकाहरु चिसोबाट थलापरेपछि कतिपय जोखीम मोलेर क्षतिग्रस्त घरभित्रै सुत्न बाध्य भएका छन् ।
पति रोजगारीको सिलसिलामा भारत जानु भएको र घरमा सासु, ससुरा र बालबालिकाहरु मात्रै रहनु भएकोल अत्याधिक चिसोका कारण विरामी पर्दै गएपछि चिसोबाट जोगिनका लागि जोखिम मोलेर भूकम्पबाट क्षति पुगेका घरमा बस्दै आएको २४ वर्षीया देउमती साउदले दुखेसो पोख्नु भयो ।
भूकम्पका कारण तीन महिनादेखि कष्टकरण जिवन बिताउदै आएका भएपनि सरकारले पुनर्स्थापना नगरि दिन दिन प्रतिदिन कष्टकरण जिवन जिउन बाध्य हुनु परेको भूकम्प पीडित रुपाकुमारी साउदले गुनासो गर्नु भयो ।
भुकम्पका कारण पुर्बिचौकी गाउँपालिका, सायल गाउँपालिका, दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिका झण्डै ५ सय घरमा पूर्ण क्षति र ४ हजार ५ सय घरमा आंशिक क्षति पुगेको थियो । भूकम्मले घर भत्किदा पुर्बिचौकी गाउँपालिका–३ गैरागाँउका ६ जनाको ज्यान गएको थियो ।
पुर्बिचौकी गाँउपालिकाका स्वास्थ्य इकाइ प्रमुख रामप्रसाद पाठकले अढाइ महिना यता रुघाखोकी र दमका ९ सय ७६ बिरामीहरु उपचारका लागी स्वाथ्य चौकीमा आउनु भएको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘भूकम्प प्रभावित क्षेत्र पुर्बिचौकी गाउँपालिाकमा मात्रै २ सय ५५ गर्भवती, ३ सयको हाराहारीमा दमका रोगी रहेका छन् । पीडितहरुको समस्या बारे सरकारले तदरुकता देखाउन सकेको छैन् । पीडितहरुको विस्तृत विवरणको तथ्याङ्क संकलनमा समेत ढिलाइ भएको छ । सरकारले उहाँहरुको स्वास्थ्य उपचार र पुनर्स्थापनामा पनि ढिलाई गरेको ।’
त्रिपाल, न्यानो लुगा र कम्बलहरु स्थानीय तह तथा विभिन्न दातृसंस्थाहरुले वितरण गरे पनि सरकारबाट अस्थायी घर र पुनस्थापनाका काम चाडो हुनु पर्ने उत्तरकाँडाका खन्टे साउदले बताउनु भयो ।
रेडक्रसले २ सय तथा सीडीसी र उपेक्षित समुदाय सशक्तिकरण तथा बिकास मञ्चले २ सय ५० अस्थायी घर निर्माण गर्ने सहमति भएको भएपनि े पीडितहरुको छनौट गर्न र केही प्रक्रियागत बिषयमा अलमल भएकाले अस्थायी घर निर्माण गर्न नसकिएको रेडक्रस, डोटीका सभापती लक्षीराम कँुवरले बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले पीडितहरुलाई चिसोबाट जोगाउन रेडक्रस सोसाइटी, सामुदायीक बिकास केन्द्र (सीडिसी) र उपेक्षित समुदाय सशक्तिकरण तथा बिकास मञ्चद्धारा अस्थायी घर निर्माण गरिने सहमाति भएका भए पनि हालसम्म पनि निर्माण कार्य नहुँदा स्थानीयले सास्ती खेप्नु परेको र यसका लागि पहल भइरहेको बताउनु भयो ।
गणेश जोशी
सम्बन्धित समाचारहरू
न्याय सम्पादनमा ढिलाईका कारण २९ वर्ष सम्मका आरोपित बालसुधार गृहमा बस्न बाध्य
बाँके जिल्ला जिल्लाको जयन्दु बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएका कारण २९ वर्ष सम्मका आरोपितहरू बाल सुधार गृहमा बस्न बाध्य छन् । जसका कारण बाल सुधार…
जनप्रतिनिधिले कुटपिट गरेको पीडितको आरोप
चौदण्डीगढी नगरपालिका-९ का २८ वर्षीय राकेश हुजदारलाई वडाध्यक्ष ४३ वर्षीय प्रकाश राउतले माघ २४ गते कुटपिट गरी दायाँ हात भाँचिदिएको आरोप पीडितले लगाउनु भएको छ । चौदण्डीगढी नगरपालिका-९ पश्चिम ज्यामिरेस्थित…
दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित
सिन्धुली अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाग्राहीले पाउने पर्ने सेवा प्रभावित भएको छ । अस्पतालमा करिव दुई महिना देखि भिडियो एक्सरे सेवा बन्द भएको छ । जसका कारण सेवा…
बालिका हत्याको कसुरदारलाई जन्मकैदको फैसला
बर्दिवास नगरपालिका १४ सुगमवस्तीका सादिम आलमको ६ वर्षीया छोरी गुलबसा खातुनलाई ०७७ साल मङ्सिर ७ गते हत्या गरेको कसुरमा जिल्ला अदालत महोत्तरीले सोही ठाउँका २६ वर्षीय अरुण कुमार सहलाई माघ…
नाबालक छोरी हत्याको आरोपमा आमालाई जन्मकैदको फैसला
तीन वर्षीया नाबालक छोरीलाई बिष खुवाई हत्या गरेको कसूरमा दैलेख जिल्ला अदालतले माघ २४ गते आमालाई जन्मकैद फैसला गरेको छ । दाङ्ग जिल्लाको घोराही उपमहानगरपालिका–१२ रतनपुर विवाह भएकी २२ वर्षीया…