पुनर्स्थापनाको अभावमा बाढीपहिरो पीडित समस्यामा
मार्मा गाउँपालिका–४ मर्मतीका बिरे विष्टको परिवार अझै घर फर्किन सकेको छैन् । गत असार अन्तिमसाता गन्याड खोलामा आएको बाढीपहिरोका कारण विस्थापित भएका उहाँको परिवार अहिले पनि पन्तबगरमा इष्टमित्रको घरमा बस्न बाध्य छन् ।
विस्थापित बिरे विष्ट छोरा भोजराजको उपचारमा धनगढी मायामेट्रो अस्पतालमा छन् । बाढीपहिरोका कारण घरखेत बगरमा परिणत भएदेखि उहाँको सम्पूर्ण परिवार इष्टमित्रको घरमा सरण लिएर बस्दै आउनुभएको छ । बाढीपहिरोले घरको तल्लो ताला पूरै पुरिएको छ । बाढी आएको बेलामा छोराले खुट्टा काटेपछि छोराको उपचार गर्न उहाँ एक महिनादेखि धनगढीमै हुनहुन्छ ।
उहाँमात्रै होइन् । सोही ठाउँका दामोदर विष्ट अहिले रिलपहिरो क्षेत्रमा कुखुरा राख्ने पोल्टीफार्ममा बस्त बाध्य हुनुभएको छ । बाढीले खेतीयोग्य जमीन र घरपूरै डुबाएपछि कुखुरा खोरमा बस्न बाध्यभएको उहाँले गुनासो गर्नुभयो ।
तपोवन–मुरै सडक खण्डले पूरै माटो गन्याड खोल्सामा थुपारेका कारण बाढी आयो उहाँले भन्नुभयो, बस्तीको माटो त्यही फालियो । अहिले बस्ती पूरै बगरमा परिणत छ ।
बिरे विष्टले भन्नुभयो–‘ धान लगाएको खेत बगर बनेको छ । घरको माथिल्लो तालामा रहेको केही अन्न जोगाउन सकियो । त्यही अन्न अहिले खाइरहेका छौंँ । आगामी दिनमा कसरी परिवार पाल्ने हो । अहिलेसम्म राहतको नाममा गाउँपालिकाबाट एक कठ्ठा चामल मात्रै पाएका छौँ ।’ परिवार बच्याँै तर अब खान नपाएर भोकमरी हुने अवस्था पुगेको उहाँको गुनासो छ ।
बाढीपहिरोेका कारण पशु र धनको क्षति भएको र अहिलेकै अवस्थामा हिउँदमा समेत यही स्थानमा बस्न नसकिने अवस्था रहेकोले आफूहरुले अन्य स्थान सरकारले पुनस्र्थापन ागर्न आवश्यक भएको मर्मतीका स्थानीय चन्द्रा बिष्टको भनाइ छ । घरको तलबाट चमेलिया नदिले वर्षेनी कटान गरिरहेको र गाउँमाथिबाट पहिरोले च्यापेपछि बिचल्ली भएको उहाँले बताउनु भयो ।
मर्मतीकै हेमन्ती विष्ट अहिले आफन्तको घरमा बस्दै आउनुभएको छ । पति वैदेशिक रोजगारीमा रहनुभएको बेला बाढीपहिरोले घरखेतमा क्षति पुगेकोले अहिले बालबच्चाको पालनपोषणमा समेत समस्या उत्पन्नभएको उहाँले दुखेसो पोख्नु भयो ।
स्थानीय तहले भूगोल कमजोर रहेको क्षेत्रमा जबरजस्ती सडक निर्माण गर्र्दा निस्केको माटोको व्यवस्थापन गर्न नसक्दा पहिरो गएको र आफूहरु विस्थापित हुनुपरेको स्थानीय दीपेन्द्र विष्टको आरोप छ । पहिरोका कारण आफूहरु विस्थापित हुनुपरेको भए पनि पुनर्स्थापनाका लागि पहल नभएको उहाँले गुनसो गर्नु भयो ।
उहाँले भन्नुभयो– ‘सडक नकाटिएको भए पहिरो आउने थिएन् । यो क्षेत्रमा बसोबास गरेको ५० वर्ष बितिसक्दा पनि कहिल्यै यो क्षेत्रमा पहिरो आएको थिएन् । तल सडक काटिएपछि पूरै खेतीयोग्य जमिन बगर क्षेत्र बन्यो । खानेपानी ल्याएको गन्याड खोला पनि टाढै छ । तर, गन्याडको सिरैमा माटोको थुप्रो लागेपछि खोलामा परिणत भयो । सोहीका कारण अहिले यहाँका स्थानीय के गराँै कसौ गराँै भएको छ ।’
गत जेठ १३ गते सडकबाट फालिएका ढुङ्गामाटो पानीले बगाउदा मार्मा गाउँपालिका–५ का २५ वर्षीया झुपा टमट्टा र ६ वर्षीय ऐन विकले गन्याड खोलामा ज्यान समेत गुमाएको उहाँले बताउनु भयो ।
अहिलेसम्म बाढीपहिरो प्रभावितलाई स्थानीय सरकारले एक कठ्ठा चामल, त्रिपाल, रेडक्रस र सिआरडिएस नेपाल नामक संस्थाले त्रिपाल कम्मल सहयोग बाहेक केही पाएका छैनन् ।
मार्माको पहिरोको अवस्था अध्ययन गर्न गठित समितिले तयार पारेको प्रतिवेदन अनुसार यस क्षेत्रका ३५ परिवार प्रभावित भएका छन् । १७ घरधुरीको पूर्णतया क्षति पुर्याएको समितिका संयोजक तथा पूर्वाधार विकास कार्यालय, बैतडीका ईन्जिनियर हर्कराज जोशीले बताउनु भयो ।
बाढीपहिरोबाट पीडित परिवारको पुनर्स्थापनाका लागि प्रदेश तथा संघीय सरकारसँग पहल गर्ने काम भइरहेको गाउँपालिका अध्यक्ष जमनसिह धामीले बताउनु भयो ।
मार्मा गाउँपालिकाका वडा नम्बर ४ र ५ मा आएको बाढीपहिरोका कारण भएको क्षति र विस्थापित ३५ परिवारको पुनर्स्थापनाका लागि ११ करोड बजेट आवश्यक रहेको क्षतिको अवस्था अध्ययन गर्न निर्माण गरिएको प्राविधिक मूल्यांक समितिको प्रतिवेदनमा उल्लेख छ ।
नरेन्द्रसिह कार्की
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित नन्देभाइ गिरफ्तार
माडी नपा-७ देवेन्द्रपुरकी ७१ वर्षीया विष्णुमाया रानाभाटलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले माडी नपा-७ का ६२ वर्षीय नन्देभाइ (नन्दका पति) टीकाराम रानाभाटलाई असोज २६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
अपाङ्गता हुनुभएकी १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–५, जम्बुकाँधका २१ वर्षीय रमेश सावदलाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज २३ गते…
कोशी प्रदेशमा रहेका अधिकांश बर्थिङ्ग सेण्टर प्रभावकारी छैनन्
बर्थिङ्ग सेण्टर सञ्चालनका लागि प्रसूति गर्ने तालिम प्राप्त कर्मचारीलाई आवासीय व्यवस्थादेखि उपकरणहरु सबै उपलब्ध हुनु पर्छ । तर, कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका बर्थिङ्ग सेण्टर सुविधा सम्पन्न र प्रभावकारी नभएको…
ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धी स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापनको सुनिश्चित गरिएको छ । तर,…
कोशी प्रदेशका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, सुधारगृह हुन सकेनन् कारागार
अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका अधिकांश जिल्लाका कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन सकेका छैनन् । कारागारमा…