पुनर्बहालीको माग गर्दै आयुर्वेद स्वास्थ्य केन्द्रका कर्मचारी ११ दिनदेखि रिले अनशनमा

  ०७८ फागुन ११ गते

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, चरिकोटमा करार सेवाका तीन जना कर्मचारी जानकारी बिना निष्कासन गरेको भन्दै गत ०७८ फागुन १ गतेदेखि रिले अनशनमा रहेका छन् ।

माघ ५ गतेदेखि विद्युतिय हाजिरीबाट अभिलेख हटाई हाजिर गर्न नदिएको र पुस महिनाको पारिश्रमिक समेत उपलब्ध नगराईएको भन्दै पुनर्बहालीको माग गर्दै अनसनमा बसेको करार सेवामा १५ वर्षदेखि काम गर्दै आएका शिवबहादुर श्रेष्ठले बताउनु भयो ।

photodolakha20220223

हाजिरी अभिलेखबाट नाम हटाउनु र पुस महिनादेखिको पारिश्रमिक नदिएको विषयमा जानकारी लिन खोज्दा केही दिन पर्खनुस् भन्ने आश्वासन पाएकोमा सुनुवाई नभएपछि अनशन बस्नु परेको श्रेष्ठले बताउनु भयो ।

यसैगरी ६ वर्षदेखि करार सेवामा कार्यरत बेदप्रसाद सापकोटा एक महिनासम्म हाजिरी नगराई आश्वासन मात्र दिएकोले रिले अनसनको बाटो लिनुपरेको बताउनु हुन्छ ।

करार सम्झौता सकिएपछि नविकरणका लागि निबेदन माग गर्ने गरेको भए तापनि यस पटक निबेदन माग नगरी खराव नियतवस करार सेवा नविकरण नगरेको पुनबहालीको माग गर्दै रिले अनसनमा रहेकी चार वर्षदेखि जिल्ला आयुर्वेद केन्द्रमा पञ्चकर्म सहयोगीको रूपमा कार्यरत मिश्रा श्रेष्ठले बताउनु भयो ।

निष्काशित कर्मचारीका सम्वन्धमा जिल्ला आयुर्वैद केन्द्र प्रमुख डाक्टर पुनम नेपालले यस सम्बन्धमा फागुन १ गते नै एक विज्ञप्ति जारी गरेको उल्लेख गर्नु भयो ।

विज्ञप्तिमा भने गत मङ्सिर मसान्तमा करार अवधि सकिएको र माघ ५ गतेसम्म करार सम्झौताका लागि निबेदन नआएकोले करार सेवा स्वतः सकिएको उल्लेख छ ।

साथै कार्यालय माताहत ११ जना करार सेवामा कर्मचारी कार्यरत रहेकोमा तीन जनाको मात्र निबेदन नपरेको भन्दै नयाँ कर्मचारी भर्नाका लागि सूचना प्रकासन हुने उल्लेख छ ।

यसैबीच साही विज्ञप्ति अनुसारनै स्वास्थ्य निर्देशनालयले  फागुन १० गते नयाँ कर्मचारी भर्नाका लागि विज्ञापन गरेको छ ।

यस विषयमा भने केन्द्र प्रमुख डाक्टर नेपालले स्थानीय प्रशासन र सरोकारवाला निकायसँग आवश्यक परामर्श र समन्वय गरेर अनशनरत कर्मचारीहरूको अनशन तोड्न लगाउने बताउनु भयो ।


उद्धव पोखरेल