पुनःनिर्माणको क्रममा अपाङ्गतामैत्री संरचना बनाउन माग
भूकम्प पछिको पुनःनिर्माणका क्रममा निर्माण गरिने भौतिक संरचना अपाङ्गतामैत्री बनाउन अपाङ्गता भएका व्यक्तिहरूले माग गरेका छन् ।
भुकम्प पश्चात पुनःनिर्माणको काम दसैँ तिहार पछि तीव्र रूपमा अघि बढाउने तयारी गरिए अनुसार अब बनाइने सरकारी, निजी तथा सामुदायिक सबै प्रकारका भवन अपाङ्गतामैत्री बनाउन प्रगतिशील अपाङ्ग सङ्घका अध्यक्ष अमर गुरूङले माग गरे ।
जिल्लामा अहिले महिला तथा बालबालिका कार्यालयको भवन मात्र अपाङ्गतामैत्री छ । 'हामी हाम्रो गुनासो राख्न कार्यालय प्रमुख भएको ठाउँमासमेत जान सक्दैनौँ ।'-गुरूङले भने । हृवील चियर र सेतो छडीको सहायताले आफूहरू कार्यालय प्रमुख भएको ठाउँ सम्म पुग्न नसक्ने गुरूङको भनाइ छ ।
'सेवा लिनै जानु पर्यो भने पनि माथिल्लो तलासम्म पुगेर सेवा लिन सक्दैनौँ ।'-गुरूङको गुनासो छ । 'यस विषयमा पटक/पटक हामीले सम्बन्धित ठाउँमा कुरा राखेका छौँ । तर, हाम्रो मागको सुनुवाइ भएन ।'-गुरूङले भने । अहिले निर्माणाधीन अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय भवन पनि अपाङ्गतामैत्री नभएको अपाङ्गता भएका व्यक्तिहरूले गुनासो गरेका छन् ।
अब पुनःनिर्माणको चरणमा बनाइने संरचनालाई अपाङ्गतामैत्री बनाउन अहिलेदेखि नै ध्यान दिनुपर्ने गुरूङको माग छ । 'इष्टमेट बनाउँदा नै यसतर्फध्यान दिनुपर्छ ।'-गुरूङले भने-'बनाइसकेपछि त्यसलाई चेञ्ज गर्न निकै गाह्रो हुँदोरहेछ ।'
जिल्लाका अधिकांश सरचना ०७२ वैशाख १२ को भूकम्पका कारण भत्किएका छन् । अपाङ्गता भएकाहरूको समस्या समाधानका लागि आफुहरू कटिबद्घ रहेको प्रमुख जिल्ला इन्जिनियर होमनाथ पौडेलले बताए ।
'सरकारी प्रावधान नै अहिले सरकारी कार्यालय अपाङ्गतामैत्री हुनुपर्छ भन्ने छ ।'-पौडेलले भने । पुनःनिर्माणको चरणमा यसतर्फध्यान दिने उनले प्रतिबद्धता जनाएका छन् ।
हरिराम उप्रेती
सम्बन्धित समाचारहरू
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ – कानुन मन्त्री गाहा मगर
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले माघ २० गते पोखरामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी प्रदेश सरकारको दायित्व र भूमिका’ विषयक कार्याशाला गोष्ठी सम्पन्न गरेको छ ।…
सासूमाथि अमानवीय व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया सासुू जयसरा न्यौपानेलाई अपमानजक र अमानवीय व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत, अछामले माघ १९ गते बुहारीद्धय ३५ वर्षीया धर्मा न्यौपाने र ३० वर्षीया…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा साँफेबगर नगरपालिका–११ बाब्लाका ३८ वर्षीय देवेन्द्रबहादुर कुँवरलाई जिल्ला अदालत, अछामले १३ वर्ष कैद र पाँच लाखको क्षतिपुर्तिको फैसला माघ १९ गरेको छ । जिल्ला…
दलित लक्षित अभिव्यक्ति दिएको घटनाका आरोपितलाई कारबाहीको माग
सिंजा गाउँपालिका–२ घोडेङ्गका ४० वर्षीय गौरीलाल जैशीले माघ १६ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत् दलित समुदाय लक्षित विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा कारवाहीको माग गरिएको छ । उहाँले…
बलात्कार कसुरमा ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला
बालिका बलात्कारको कसुरमा जिल्ला अदालतले भानु – १० का ७३ वर्षिय ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको ०७९ माघ १८ गतेको इजलासले बालिका बलात्कारको अभियोग दावी पुग्ने…