पीडित परिवारलाई इन्सेकद्वारा आर्थिक सहयोग
मटिहानी नगरपालिका–१ धिरापुरका मृतक आमना खातुनको परिवारलाई ०८० कात्तिक २५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अन्तर्गत रहेको मानव अधिकार सहायता कक्षद्वारा आर्थिक सहयोग प्रदान गरिएको छ ।
बलात्कार पश्चात अमानवीय तरिकाले हत्या गरिएका मृतक खातुनको परिवारको आर्थिक अवस्था कम्जोर भएको हुनाले मानव अधिकारकर्मीहरूको उपस्थितिमा अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशका संयोजक राजु पासवानले र मृतक खातुनको ससुरा नथुनी अन्सारीलाई नगद ८ हजार रुपियाँ हस्तान्तरण गर्नु भयो ।
मृतक अन्सारीका ५ जना छोराछोरीहरू छन् । ती मध्ये दुई जना छोराहरू पढाई छाडी भारतमा काम गर्न बाध्य भएका छन् भने दुई जना गाउँमा हजुरबुबा हजुरआमासँग बसेका छन् । पीडित परिवारलाई न्यायीक प्रक्रियामा जान तथा नाती नतिनाको पठन पाठनमा सहयोग पुग्ने उद्देश्यले मानव अधिकार सहायता कक्षले आर्थिक सहयोग प्रदान गरेको इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले बताउनु भयो । सन २०२३ को हालसम्ममा आठ जना पीडित परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको पासवानले बतउनु भयो ।
मृतक आमना खातुन ०७९ असाेज ७ गते दिउँसाे घाँस काट्न गाउँ नजिकैको चौरमा गएको समयमा सोही ठाउँका २६ वर्षीय मोजाहिद अन्सारी र २२ वर्षीय तौसीन अन्सारीले बलात्कार पश्चात पेचकषले पुरै शरीरमा घाेचेर अमानवीय तरिकाले हत्या गर्गनुका साथै मृतकको गरगहान समेत लुटेर फरार भएका थिए । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर र जिलला प्रहरी कार्यालय महोत्तरीबाट खटेका संयुक्त टोलीले ०७९ असाेज ९ गते आरोपितहरुलाई गीरफ्तार गरेको थियो ।
मृतकका ससुरा नथुनी अन्सारीले असाेज १८ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दार्ता गराएका थिए । आरोपीतहरु हल पुर्पक्षका लागी थुनामा रहेको छन् ।
ममता विश्वकर्मा
सम्बन्धित समाचारहरू
१५ वर्षदेखि टहरामा पढ्दै छन् दुम्लिङका चेपाङ बालबालिका
धादिङको बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिका टहरामा पढ्दै आएका छन् । अत्यन्त गरिब र बिहान बेलुकी छाक टार्न समेत धौ धौ पर्ने चेपाङ समुदायका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका-९, नार्केस्थित सागर मेडिकलका सञ्चालक ५० वर्षीय चेतन रामलाई प्रहरीले ०८० मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
गोसाइकुण्ड गाउँपालिका-५, सानो भार्खुका बुबा ६६ वर्षीय छेवाङ तामाङको लाठीले टाउकोमा हानेर हत्या गरेको आरोपमा ४० वर्षीय गोपाल तामाङलाई प्रहरीले ०८० मङ्सिर १५ गते गिरफ्तार गरेको छ । मदिरा सेवन…
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम शुरु
विनासकारी भूकम्पले घरमा क्षति गरेपछि त्रिपालमुनि बसेका पीडितहरुका लागि अस्थायी आवास निर्माणमा पहिलो किस्ता रकम स्थानीय तहमा पठाएपछि निर्माणको काम शुरु भएको छ । विपद व्यवस्थापन कोषमा जम्मा भएको रकम…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-६ बर्मेली टोलका ३४ वर्षीय जगतमणि आर्चायलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर ८ गते बलात्कार…