पीडित परिवारलाई इन्सेकद्वारा आर्थिक सहयोग
सम्सी गाउँपालिका–२ पर्सा देवाडका मृतक खुर्सेद अन्सारीका परिवारलाई ०८० असोज २५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अन्तर्गत रहेको मानव अधिकार सहायता कक्षद्वारा आर्थिक सहयोग प्रदान गरिएको छ ।
कुटपिट गरी अमानवीय तरिकाले हत्या गरिएका मृतक अन्सारीको परिवारको आर्थिक अवस्था कम्जोर भएको हुनाले मानव अधिकारकर्मीहरूको उपस्थितिमा अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशका संयोजक राजु पासवानले मृतक अन्सारीका पत्नी रसिदा खातुनलाई नगद १०,००० रुपियाँ हस्तान्तरण गर्नु भयो ।
मृतक अन्सारीका ६ जना छोराछोरीहरू छन् । ती मध्ये दुई जना छोराहरू पढाई छाडी भारतमा काम गर्न बाध्य भएका छन् र अरु चार जना गाउँमा आमासँग बसेका छन् । पीडित परिवारलाई न्यायीक प्रक्रियामा जान तथा छोराछोरीहरूको पठन पाठनमा सहयोग पुग्ने उद्देश्यले मानव अधिकार सहायता कक्षले आर्थिक सहयोग गरेको इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले बताउनु भयो । सन २०२३ को हालसम्ममा सात जना पीडित परिवारलाई आर्थिक सहयोग गरिएको पासवानले बतउनु भयो ।
खुर्सेद अन्सारीले खसी नकाटेको र पछिल्लो खसीको मासुको रकम हिनामिना गरेको भन्दै ०७९ पुस ७ गते शेष अव्दुस कलामले अन्सारीलाई पर्सा देवाड बजार स्थित माटोको घरभित्र हात बाँधेर अमानवीय तरिकाले कुटपिट गरी नालामा फ्याकेका थिए । उनलाई उपचारको लागि तत्काल रामगोपालपुर नगरपालिका–९ स्थित जानकी एकेडेमिक अस्पतालमा लगिएको थियो तर, त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि जनकपुर स्थित जानकी हेल्थ केयरमा लगिएको थियो । उपचारको क्रममा पुस १० गते अन्सारीको मृत्यु भएको थियो ।
ममता विश्वकर्मा
सम्बन्धित समाचारहरू
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ ९ गतेको इजलासले…
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका…
प्रदुषण सम्बन्धी मुद्दामा उच्च अदालतको परमादेश जारी
वातावरण प्रदुषणसम्बन्धी मुद्दामा उच्च अदालत सुर्खेतले आदेश जारी गरेको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्णलाल भट्टराइको ०८१ माघ ८ गतेको एकल इजलासले विपक्षीलाई फागुन मसान्तभित्र उपयुक्त स्थान खोजी अस्फाल्ट…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भारतको सिद्धार्थनगर जिल्ला वेदबरिया ग्राम उत्तर प्रदेशका २० वर्षीय दिपक पासी विरुद्ध इलाका प्रहरी कार्यालय लुम्बिनीमा ०८१ माघ ७ गते उजुरी दर्ता भएको छ…