पीडितको गुनासो : अपाङ्गता भएका कारण घरपरिवार र छिमेकीबाट अपहेलित !

छाँयानाथ रारा नगरपालिका–५ ढुमगाँउकी ४० वर्षीया नानीभाउ विक अपाङ्ग भएर आफ्नै घरपरिवार र छिमेकिबाट अपहेलित हुनुभएकाे छ । पीडितकाे शरीरको तल्लो भाग अपाङ्ग छ । जन्मजातै शरीरको तल्लो भाग अपाङ्ग रहेको छ । परिवार ,छिमेकी र गाउँबाट अपाङ्ग भएर अपलेहित हुनुपरेको पीडितले गुनासो गर्नुभयो । सबैले अपशब्द प्रयोग गरी हेप्ने गरेको उहाँले बताउनुभयो ।

गाउँघरमा सबैले अपशब्द प्रयोग गरी हेप्ने गरेपछि बुवाले १० वर्ष पहिला नै गमगढी ताल्च सडकको छेउमा अर्काको जमिनमा सानो टिनको टहरा बनाएर त्यसैमा बस्न लगाए । एक्लै बस्दा दिशा पिसाब गर्न समेत समस्या भएको छ । अपाङ्ग भएकै कारण बोझ भइ भनेर आफ्नै परिवारबाट अपहेलित हुनु परेको पीडितले बताउनु भयो । बिरामी हुँदा हिड्न,खान,बस्न र पानी ल्याउन पनि निकै समस्या भएकोे उहाँले बताउनुभयो ।

अहिलेसम्म स्थानीय सरकारका सरोकार वाला कोहि पनि भेट्न सम्म पनि न आएको बताउनुभयो । स्थानीय सरकार आएपनि अपाङ्ग पीडितहरुको लागि केही राहत न उद्धार भएको छ । समस्या जहाँको त्यही छ । अपाङ्ग पीडित कहिकतैबाट सहयोग नपाएको उहाँको गुनासो छ । उहाँले सहयोग र उद्धारको लागि अनुरोध समेत गर्नुभयो ।

अपाङ्गसम्बन्धी काम गर्ने जिल्लामा धेरै संस्था छन । डार्डाे नेपाल , आई. एन . एफ . नेपाल , जि . एस.एस, हेरेन्डेक नेपाल र हेरेस्डेक नेपाल रहेका छन । जिल्लामा चार ओटा स्थानीय तह छन । २०७८ को जनगणना अनुसार जिल्लामा १ हजार ७ सय ६० जना अपाङ्ग रहेका छन । सरकारले अपाङ्गहरुलाई  अपाङ्गता परिचय पत्र बाहेक अरु केहि दिन सकेको छैन ।

मानव अधिकार तथा वातावरण विकास केन्द्र ( हेरेन्डेक नेपाल) ले हरेक महिनाको २२ गते  संस्थाबाट विगत १३ वर्ष देखि अपाङ्ग पीडित नानीभाउ विकलाई ३० के जी चामल , ५ के जी दाल , १ के जी नुन र १ लिटर तेल  दिदै आएको कार्यक्रम अधिकृत पहलमान रोकायले बताउनुभयो ।

गरिव तथा विपन्न वर्गकालागि घर टहरा बनाउने स्थानीय सरकारको कार्यविधि नबनेको कारण अहिलेसम्म कुनै पनि ठाँउमा काम नभएको छाँयानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामले जानकारी दिनुभयो । कार्यविधि बने लगत्तै अपाङ्ग पीडित विकको घर निर्माण गर्ने अरु केही थप सहयाेग गर्ने नगरप्रमुख भामले बताउनुभयो।

Photo20231128Mugu (1)

Photo20231128Mugu (2)


सर्जनकुमार शाही