पीडितका मागप्रति एमनेष्टीको समर्थन
गङ्गामाया अधिकारीलगायत नेपालको द्वन्द्वकालीन अपराधका पीडितहरूको न्यायको मागप्रति एमनेष्टी इन्टरनेशनल नेपालले समर्थन गरेको छ ।
'गङ्गमाया अधिकारी लगायत वि.सं. २०५२ देखि २०६३ सम्म चलेको नेपालको सशस्त्र द्वन्द्वका क्रममा भएका अपराधका पीडितहरूका लागि न्यायको आवाज उठाइरहेका नेपालका पीडित समूहहरू, नागरिक समाज सङ्गठनहरू र राष्ट्रिय मानवअधिकार आयोगप्रति एमनेष्टी इन्टरनेशनल नेपाल ऐक्यबद्धता व्यक्त गर्दछ ।'-एमनेष्टीद्वारा असार ५ गते जारी विज्ञप्तिमा उल्लेख छ ।
गङ्गामाया अधिकारीले भोक हड्ताल थालेको २१ दिन बितिसक्दा पनि नेपाल सरकारबाट देखिने गरी कुनै काम नभएको र अहिलेसम्म गङ्गामायाप्रति दर्शाएको जबाफहीनताले एमनेष्टी इन्टरनेशनल नेपाल गहिरो रूपमा चिन्तित भएको पनि विज्ञप्तिमा जनाइएको छ ।
'न्यायको आवाजप्रतिको सरकारको चरम उदासिनताका कारण २०७१ असोज ६ गते ३३४ दिनको भोक हड्तालपछि गङ्गामायाका पती नन्दप्रसाद अधिकारीको दुःखद् निधन भएको बारेमा एमनेष्टी इन्टरनेशनल नेपाल जानकार छ ।'-विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनअन्तर्गतको सन्दिग्ध पीडकलाई गिरफ्तार गरी प्रभावकारी अनुसन्धान गर्नुपर्ने तथा गङ्गामायालगायत आफूमाथि अन्याय भएको दावी गर्ने सबै पीडितहरूलाई शीघ्र न्याय प्रदान गर्नुपर्ने दायित्त्वका बारेमा एमनेष्टी इन्टरनेशनलले नेपाल सरकारलाई स्मरण गराएको छ ।
आफ्नो छोराको हत्यामा संलग्न भएकाहरूको विरुद्ध कानुनी कारबाही गर्ने अधिकरीहरूको कानुनी दायित्त्वलाई स्मरण गराउनसमेत भोक हड्ताल जस्तो विषम छनोटलाई अन्तिम अस्त्रका रूपमा प्रयोग गर्नुपर्ने अवस्था रहनु एकदमै दुर्भाग्यपूर्ण कुरा भएको एमनेष्टीले जनाएको छ ।
'गङ्गामाया अधिकारीको स्वास्थ्य गम्भीर बन्दै गइरहेको यस अनसनरत अवस्थामा उनको जीवन रक्षाका लागि उपाय खोज्ने विषयमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष र प्रधानमन्त्रीका बीच हाल चालु संवादका बारेमा एमनेष्टी इन्टरनेशनल नेपाल जानकार रहेको छ । यस पहललाई स्वागत गर्दैगर्दा हामी गङ्गमाया अधिकारी लगायत द्वन्द्वकालीन मानव अधिकार उल्लङ्घनका सबै पीडितहरूलाई न्याय प्राप्त हुने बाटो निर्माण गर्ने दिशामा ठोस कार्यहरू गर्न तथा विश्वसनीय सङ्क्रमणकलीन न्याय प्रकृयाका सवालमा सर्वोच्च अदालतका फैसलाहरूलाई कार्यन्वयन गर्न अधिकारीहरूसमक्ष गम्भीर आग्रह गर्दछौँ ।'-एमनेष्टी इन्टरनेशनल नेपालका अध्यक्ष राजनप्रसाद कुईंकेलले भने ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा निजका ३० वर्षीय काकालाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले ०८१ भदौ २८ गते गिरफ्तार गरेको छ। आरोपितले भदौ २८ गते बलात्कार गरेकाे भन्दै पीडितले सोहि दिन…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरी फरार रहेका आरोपित चन्द्रपुर नगरपालिका-१० का २८ वर्षीय दिनेश सहनीलाई ०८१ भदौ २७ गते इलाका प्रहरी कार्यालय चपुरले गिरफ्तार गरेको छ। आरोपित सहनिले ०८१…
बालिका कुटपिट कसुरमा तीन महिना कैद सजायको फैसला
उर्लावारी नगरपालिका-६ की ११ वर्षीया बालिका आयुसा राईलाई कुटपिट गरेको कसुरमा जिल्ला अदालतले धरान उपमहानगरपालिका-११ स्थायी घर भइ उर्लावारी नगरपालिका-६ मा बस्दै आएका २६ वर्षीय मिशन भनिने रूद्रबहादुर राईलाई ३…
बलात्कार गरेको कसुरमा कैदको फैसला
७५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भदौ ३० गते खनियाबास गाउँपालिका-५ का ५१ वर्षीय पदमबहादुर तामाङलाई जन्मकैद हुने फैसला गरेको छ । न्यायधीश गोपालप्रसाद बास्तोलाको इजलासले कसुरदारलाई जन्मकैद…
बलात्कार गरेको ठहर गर्दै ८ वर्ष ८ महिना कैदको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १६ वर्षीय बालकलाई जिल्ला अदालतले भदौ ३१ गते ८ वर्ष ८ महिना कैद गर्ने फैसला गरेको छ । न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले बालकलाई ८…