पाल्पामा २८ प्रतिशत मुहानको पानीमा इकोली जीवाणु भेटिँदै
पाल्पामा अधिकांश नागरिकहरूले पिउँदै आएका २८ प्रतिशत मुहानको पानीमा ‘इकोली’ जीवाणु भेटिएको छ । जिल्लाका ५२ ओटा खानेपानी योजनाको १ सय १४ ओटा नमुना सङ्कलन गरी गुणस्तर परीक्षण गर्दा २८ प्रतिशत पिउने पानीमा ‘इकोली’ जीवाणु भेटिएको हो ।
तानसेन नगरपालिकामा पाँच ओटा, रामपुर नगरपालिकामा १० ओटा, पूर्वखोला गाउँपालिकामा ६ ओटा, निस्दीका गाउँपालिकामा चार ओटा, रम्भा गाउँपालिकामा सात ओटा, बगनासकाली गाउँपालिकामा पाँच ओटा खानेपानी योजनाको पानी परीक्षण गरिएको थियो ।
त्यसैगरी तिनाउँ गाउँपालिकामा ६ ओटा, माथागढी गाउँपालिकामा दुई ओटा, रैनादेवी छहरा गाउँपालिकामा चार ओटा, रिव्दीकोट गाउँपालिकामा तीन ओटा खानेपानीको नमूना सङ्कलन गरी गुणस्तर परीक्षण गरिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिनुभयो । जिल्लाका दुई ओटा नगरपालिका र आठ ओटा गाउँपालिका गरी ५२ ओटा योजनामा गरिएको परीक्षणमा २० ओटा खानेपानी आयोजनाको पानीमा ‘इकोली’ जीवाणु भेटिएको उहाँले बताउनु भयो ।
५२ ओटा योजनामध्ये १२ ओटा स्वास्थ्य संस्थामा प्रयोग भएको पानीको शुद्धता परीक्षण गरिएकोमा २८ प्रतिशत इकोली जीवाणु भेटिएको उहाँले बताउनु भयो । अहिले पनि स्वास्थ्य संस्थामा प्रयोग भएको पानीमा इकोली जीवाणु भेटिएकाले थप शुद्धिकरण आवश्यक रहेको उहाँले बताउनु भयो । इकोली जीवाणु मानिसको दिसा, बङ्गुर लगायत घरपालुवा जनावरको दिशापिसावमा भेटिने जीवाणु हो ।
यसले हैँजा, आउ, झाडापखाला, पानीजन्य अन्य रोगहरू टाइफाइड, पेट, टाउको दुख्ने जस्ता रोग लाग्ने उहाँले बताउनु भयो । मानिसले दैनिक पिउने पानीको गुणस्तर सुधार गर्न दुई वर्षदेखि पाल्पाका स्वास्थ्य संस्थामा प्रयोग भएका र धेरै मानिसले प्रयाोग गर्ने पानीको गुणस्तर परीक्षण गरिँदै आएको उहाँले जानकारी दिनुभयो ।
यज्ञमूर्ति तिमिल्सिना
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पाचपोखरी थाम्पाल गाउँपालिका-४ का २८ वर्षीय कारसाङ तामाङलाई प्रहरीले माघ १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१ मङ्सिर ६ गते बलात्कार…
हत्या घटनाका आरोपित गिरफतार
बारेकोट गाउँपालिका-६ स्यालाकी तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा बारेकोट गाउँपालिका-६ का १२ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ १० गते गिरफतार गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम्…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-८ भुजातका २५ वर्षीय नबिन गुरुङलाई प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते बलात्कार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालिकालाई ०८१ भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुलिङटार गाउँपालिका–२, देउपुरका २७ वर्षीय हरिप्रसाद गौतमलाई माघ ९ गते गिरफ्तार गरेको छ । अरिपितविरुद्ध पीडित पक्षले माघ…
बलात्कार घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता
७२ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै ७१ वर्षीय पुरुषले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले ०८१ पुस १८ गते बलात्कार गरेको पीडितको…