पाल्पामा नवजात शिशुको मृत्युदर घटेन
गर्भवती आमा र नवजात शिशुको जीवन सुरक्षाका लागि स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन भएपनि पाल्पामा नवजात शिशुको मृत्युदर भने घट्न सकेको छैन ।
आर्थिक वर्ष २०७२/०७३ को अवधिमा पाल्पामा २८ नवजात शिशुको मृत्यु भएको थियो । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकृत माधव ज्ञवालीका अनुसार आर्थिक वर्ष २०७२/०७३ को अवधिमा जन्मेको २८ दिनभित्र १४, सात दिनभित्र ६ र महिना नपुगी जन्मेका ८ शिशुको मृत्यु भएको थियो ।
आर्थिक वर्ष २०७१/०७२ मा जन्मेको २८ दिनभित्र दुई र सात दिनभित्र दुई शिशु गरी चार शिशुको मृत्यु भएको थियो । पछिल्लो आर्थिक वर्षमा यो सङ्ख्या बढेर २८ मा पुगेको ज्ञवालीले बताए । अघिल्ला वर्षहरूमा शिशु मृत्युदर प्रति वर्ष १० भन्दा कम रहेको उनले बताए ।
सुत्केरी गराउन स्वास्थ्य संस्थामा नलैजाने र शिशु बिरामी भएमा घरेलु उपचार गराउने गर्दा यो दर बढेको ज्ञवालीले बताए ।
यज्ञमूर्ति तिमिल्सिना
सम्बन्धित समाचारहरू
प्रहरीको भवन निर्माण अलपत्र हुँदा सेवा प्रवाहमा समस्या !
पाँच वर्षदेखि निर्माणाधीन जिल्ला प्रहरी कार्यालयको भवन अलपत्र हुँदा सेवा प्रवाहमा समस्या भएको छ । समयमै भवन निर्माण हुन नसक्दा नियमित कामकाजमा असहज भइरहेको छ । भवन नहुँदा कहिले जीर्ण…
सामुदयिक स्वास्थ्य चौकी खोल्सीमा भौतिक सामग्री अभावः सेवाग्राहीलाई समस्या
सिमकोट गाउँपालिका–८ स्थित सामुदायिक स्वास्थ्य इकाइ खोल्सीमा भौतिक सामग्रीको अभाव भएको छ । उक्त सामुदायिक स्वास्थ्य इकाइमा बिरामीहरूलाई सेवा दिने विभिन्न भौतिक संरचनाको अभाव भएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको हो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–३ तिलकपुरका २२ वर्षीय रवि चदारालाई ०८१ फागुन ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई बिभिन्न प्रलोभन देखाई आरोपितले ०८१ असोज…
स्वास्थ्कर्मी कुटपिट घटनाका आरोपित गिरफ्तार
सेती प्रादेशिक अस्पताल, धनगढीमा कार्यरत डाक्टर वेदप्रकाश पन्तलाई कुटपिट गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–१३ का २४ वर्षीय कृष्ण रानालाई ०८१ फागुन ५ गते गिरफ्तार गरेको छ । डाक्टर पन्तले आइसीयुमा…
नारायणी अस्पतालमा चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा
वीरगञ्जस्थित नारायणी अस्पतालमा ०७९ साउन महिनादेखि विशेषज्ञ चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । नारायणी अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी पाएका चिकित्सकहरू काजमा अन्य अस्पतालमा कार्यरत भएको कारण अस्पतालमा सेवा…