पाल्पाका १८ मतदानस्थल अतिसम्वेदनशील

असार १४ गते हुने स्थानीय तह निर्वाचनका लागि पाल्पाका १८ ओटा मतदानस्थललाई सुरक्षाका दृष्टिकोणबाट अतिसम्वेदनशील रूपमा लिइएको लिइएको छ ।

तानसेन नगरपालिकामा तीन ओटा, रामपुर नगरपालिकामा ६ ओटा, माथागढी गाउँपालिकामा एउटा, तिनाउँ गाउँपालिकामा चार र रैनादेवी छहरा गाउँपालिकामा चार ओटा गरी जम्मा १८ ओटा मतदानस्थल अतिसम्वेदनशील रहेको विश्लेषण गरिएको प्रमुख जिल्ला अधिकारी बावुराम गौतमले बताए ।

पाल्पामा ४० ओटा मतदानस्थललाई सुरक्षा सम्वेदनशीलको सूचीमा राखिएको छ । जसअर्न्तर्गत तानसेन नगरपालिकामा सात, रामपुर नगरपालिकामा चार, निस्दी गाउँपालिकामा दुई, पूर्वखोला गाउँपालिकामा तीन, रम्भा गाउँपालिकामा पाँच, बगनासकाली गाउँपालिकामा तीन, माथागढी गाउँपालिकामा चार, रिब्दिकोट गाउँपालिकामा तीन, तिनाउँ गाउँपालिकामा दुई र रैनादेवी छहरा गाउँपालिकामा ६ ओटा मतदानस्थल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाभरमा अन्य ६० ओटा मतदानस्थल सामान्य अवस्थामा रहेको एसपी हरिराज वाग्लेले बताए ।

पाल्पामा १ लाख ६२ हजार २ सय ५३ जना मतदाता रहेकोमा ७६ हजार ५ सय ६७ पुरुष, ८५ हजार ६ सय ८५ महिला र एक जना तेश्रो लिङ्गी रहेका छन् । जिल्लामा १ सय १८ मतदान स्थलमा २ सय ११ ओटा मतदान केन्द्र रहेका छन् । आठ गाउँपालिका र दुई नगरपालिकाको ८१ वडाबाट ४ सय २५ जना जनप्रतिनिधि निर्वाचित हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।


यज्ञमूर्ति तिमिल्सिना