पार्टीका कार्यकर्ता निधनको शोकमा गाउँपालिका कार्यालय नै बन्दः सेवाग्राहीका कामकाज प्रभावित
ताँजाकोट गाउँपालिकाले पार्टीका कार्यकर्ता निधन भएको शोकमा जेठ १६ गते गाउँपालिका कार्यालय नै बन्द गरेको छ । जेठ १३ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत स्थित बुलबुले चोकमा माओवादी केन्द्र ताँजाकोट गाउँकमिटि हुम्लाका अध्यक्ष अकविर खड्काको मोटरसाइकल दुर्घटनामा परि निधन भएको भन्दै ताँजाकोट गाउँपालिकाले पुरै गाउँपालिकामा आबद्ध सरकारी, गैर सरकारी, विद्यालय, स्वास्थ्य संस्था नै बन्द गरेको हो ।
मोटरसाइकल दुर्घटनामा निधन भएका खड्का न जनप्रतिनिधि हुन नत गाउँपालिका कर्मचारी हुन् । जनप्रतिनिधि र कर्मचारी नभए पनि गाउँपालिकाले जेठ १६ गते एक दिनका लागि कार्यालय बन्द गरेपछि सेवाग्राही तथा स्वास्थ्य सेवामा लिन आएका बिरामीहरुले समेत सास्ती खेप्नु परेको ताँजाकोट गाउँपालिका–३ का स्थानीय अजविर बुढाले बताउनु भएको छ ।
आफू गाउँपालिकामा रहेको स्वास्थ्य संस्थामा बिरामी भएर उपचार गर्न जाँदा स्वास्थ्य संस्था नै बन्द भएपछि आफू रित्तो हातमा घर फर्कनु परेको उहाँको गुनासो छ ।
एक दिनका लागि पुरै गाउँपालिका बन्द हुँदा विद्यर्थीको पठनपाठन , स्वास्थ्य संस्था र गाउँपालिकामा सेवाग्राहीले पाउने सेवा प्रभावित भएको छ ।
ताँजाकोट गापा–३ कि स्थानीय अन्जु रावतका अनुसार एकदिन विद्यालय बन्द हुँदा आफ्ना बालबालिकाको पठनपाठनमा प्रभावित भएको गुनासो गर्नु भएको छ । राजनीतिकरणले विद्यालय जस्तो पवित्र मन्दिर बन्द हुँदा धर्मदय माविका १ सय ५० जना विद्यार्थी पठनपाठनबाट प्रभावित भएको रावतको भनाइ छ ।
माओवादी केन्द्र ताँजाकोट गाउँ कमिटिका अध्यक्ष खड्काको निधनप्रति गाउँपालिकाले एक शोक वक्तव्य निकालेको गाउँपालिका उपाध्यक्ष सुरेन्द्र थापाले बताउनु भएको छ । गाउँपालिकामा आबद्ध नभएका व्यक्तिको शोकप्रति गाउँपालिकाले शोक वक्तव्य किन निकाल्यो भन्दै उपाध्यक्ष थापालाई बुझ्दा उहाँले गाउँपालिकाका सल्लाहकार भएको दावी गर्नु भएको छ ।
तर गाउँपालिकाले निकालेको शोक वक्तव्यमा गाउँपालिकाका सल्लाहकार रहेको भनेर कुनै पनि शब्द लेखिएको छैन ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका-४ का २२ वर्षीय जसवन्तकुमार गणेशलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक-पकट र अन्तिम पटक ०८० मङ्सिर १८…