पारिश्रमिक नपाएको भन्दै भिडियो एक्सरे सेवा बन्द, सेवाग्राही समस्यामा
म्याग्दीको एक मात्रै सरकारी अस्पताल बेनी अस्पतालमा कार्यरत मेडिकल अफिसरहरूले तोके भन्दा बढी काम लगाएर पनि पारिश्रमिक नदिएको भन्दै भिडियो एक्सरे सेवा बन्द गरेका छन् ।
पटक पटक मौखिक तथा लिखित रूपमै पनि जानकारी गराउँदा पनि आफूहरूको माग सुनुवाइ नभए पछि सेवा बन्द गरिएको डाक्टरहरूको भनाई छ । भिडियो एक्सरे गर्ने कोठाको ढोका खुल्ला छ, मेसीन तयारी अवस्थामा छ र डिस्प्ले हुने मोनीटर पनि खुल्ला भए पनि सेवा दिने अफिसर भने छैनन् । भिडियो एक्सरे कोठा कार्यालय सहयोगीले कुरेर बस्नु भएको छ तर बिरामी आए पछि हुदैन भनेर फर्काउने गर्नुभएको छ ।
पश्चिम म्याग्दीको दुर्गम स्थान मुनाबाट गंगाले आफ्नो दिदीको छोरी १६ वर्षिया गोविना भण्डारीलाई समस्या भएर हस्पीटल ल्याउनु भएको थियो । बहिरंग विभागमा स्वास्थ्य परीक्षण गराउँदा भिडियो एक्सरेका लागि पठाए पनि भिडियो एक्सरे गर्ने ठाउँमा पनि कोही छैनन् बिल पनि काट्दीएनन् गंगाले भन्नुभयो ।
उहाँ जस्तै अघिल्लो दिन देखि नै भिडियो एक्सरेका लागि आउनुभएकाहरूले दिउँसो एक बजे सम्म पनि उपचार पाउनु भएको छैन । आज नयाँ बिरामीको बिल काट्ने सम्म काम नभएको र दिउँसो सम्म अस्पताल व्यवस्थापन समिति तथा प्रशासनबाट थप केही प्रकृया नभएको बिरामीको गुनासो छ ।
बेनी अस्पतालमा कार्यरत मेडिकल अफिसरहरूले आफूहरूले नियम अनुसार महिनामा साप्ताहिक ४० घण्टाका दरले एक सय ६० घण्टा ड्युटी गर्नु पर्ने भए पनि तीन सय घण्टा भन्दा बढी समय ड्युटी गरेको भए पनि नियमले पाउने पारिश्रमिक समेत आफूहरूले नपाएको गुनासो गर्नुभएको छ । उहाँहरूले आफूहरूले पटक पटक जानकारी गराउँदा पनि ड्युटी लगाउने तर हामीले पाउनु पर्ने पारिश्रमिक नदिए पछि बाध्य भएर भिडियो एक्सरे सेवा बन्द गरेको बताउनुभयो ।
बेनी अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेण्ट शंकर राज लामिछानेले पारिश्रमिक पाएको भए पनि उनीहरूले बढी खोजेका छन् भन्नुभयो । हामी छलफल गरेर सेवा चाँडै सुरू गर्ने तयारीमा छौं उहाँले थप्नुभयो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदीले अस्पतालमा सेवा अवरूद्धका बिषयमा आफूलाई जानकारी नआएको र आफू अस्पताल पुगेर त्यसबारेमा बुझ्ने बताउनुभयो ।
बेनी अस्पतालमा दैनिक ३० भन्दा बढी बिरामीहरूले भिडियो एक्सरे सेवा लिने गरेको अस्पतालको तथ्याङ्कले देखाउँछ । आइतबारको दिनमा ६० भन्दा माथि पुग्ने भए पनि अन्य दिनमा ३० देखि ४० जनाले यो सुविधा लिने गरेका छन् ।
अमृत प्रसाद पौडेल
सम्बन्धित समाचारहरू
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…
घरेलु हिंसा पीडितलाई इन्सेकको सहयोग
घरेलु हिंसा पीडित बाणगङ्गा नगरपालिका –४ डुंगहवा माइती घरमा बस्दै आएकी २८ वर्षीया बिनु चौधरीलाई इन्सेकले चैत ११ गते आर्थिक सहयोग गरेको छ । मानव अधिकार समूहका अध्यक्षलगायतका समूहका पदाधिकारीहरूको…
स्थानीय तहमा इजलास अभावले न्याय सम्पादनमा समस्या
संविधानले स्थानीय तहमका न्यायिक समितिलाई न्याय सम्पादनको अधिकार प्रदान गरेपनि रसुवामा स्थानीय तहमा न्याय सम्पादन गर्न छुट्टै इजलास कक्ष नभएकोले न्याय सम्पादनमा कठिनाई भएको छ । नेपालको संविधान अनुसूचि ८…