पानी पिएर ढिलो आएको भन्दै शिक्षकबाट बालक कुटिएको पीडित पक्षको आरोप
मिथिला नगरपालिका—९ स्थित न्यू होराइजन इड्गलिस बोर्डिङ्ग स्कुलमा कक्षा एकमा अध्ययनरत ६ वर्षीय सुजल कुशवाहालाई साउन १५ गते सोही स्कुलका शिक्षक मोहन महतोले कुटपिट गरेको छ ।
छोरा सुजललाई बिहान ९ बजे टिफिनको समयमा धारामा पानी पिउन गएको र लाइनमा बसेर पानी पिउनु पर्ने हुँदा कक्षा कोठामा आउन ढिलो भएको भन्दै शिक्षक महतोले कुटपिट गरेको बालकको बुबा ओमविक्रम कुशवाहाले बताउनु भयो ।
शिक्षक महतोबाट ९ बजे बिहानै कुटिएको छोरा सुजल १२ः३० बजे घर रुदै आएर आफूलाई शिक्षक महतोले कुटेको आमालाई सुनाएको पीडित बालकको बुबा ओम बिक्रमले जानकारी दिए । शिक्षक महतोको कुटपिटबाट सुजनको पिठ्यू, हात र घाँटीमा चोट लागेको छ ।
आरोपित शिक्षक विरुद्ध उजुरी नदिएको तर आफूले न्याय पाउनु पर्ने र सोको लागि पहल गरिदिन इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बालकको बुवा ओम बिक्रमले आग्रह गर्नु भएको छ ।
इन्सेक मधेस प्रदेश कार्यालय, जनकपुरधाम
सम्बन्धित समाचारहरू
नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित चार जना विरुद्ध पक्राउ पुर्जी जारी
जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित सो पार्टीका चार जना नेताहरू विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौँले ०८० मङ्सिर…
एमालेको कार्यक्रममा बालबालिकाको प्रयोग
नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रित अभियानमा विद्यार्थीहरुलाई प्रयोग गरेको पाइएको छ । मङ्सिर १७ गते पञ्चदेवल विनायक नगरपालिकाको विद्यामन्दिर नमूना माविका विद्यार्थीहरुले विद्यालय पोशाकमै नेकपा एमालेको कार्यक्रममा अध्यक्ष केपी शर्मा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
परवानीपुर गाउँपालिका–४ चैनपुरकी ७१ बर्षीया रामसहेली देवी चौरसियालाई उनका जेठो छोराले कुटपिट तथा गालिगलौज गरेको भन्दै ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
फेटा गाउँपालिका–१ त्रिवेणीकी ७५ वर्षीया देवकलिया तत्मीनलाई उनका माहिलो छोराले कुटपिट तथा गालीगलौज गरेको आरोपमा पीडितले ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया सुस्त मनस्थिती भएकी बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–४ का ३५ वर्षीय शुरेस यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० मङ्सिर १३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई…