पानी नपरेर बाली सुक्न थालेपछि किसान मर्कामा
पानी नपरेर बाली सुक्न थालेपछि रुकुम पश्चिमका अधिकांश किसान मर्कामा परेका छन् । कृषि पेशाबाट आत्मनिर्भरलाई नागरिकलाई जिविकोपार्जनमा समस्या हुने भएको छ । आकासे पानीको भरका हिउँदे खेती गरेका किसानले लगाएको खेती बारीमै सुक्न थालेपछि रुकुम पश्चिमका किसान चिन्तित भएका छन् ।
कृषि र ज्यालामजदुरीबाट विहान बेलुकाको छाक टारेका नागरिकले लगाएको अन्नबालीले पानी नपाएपछि परिवारलाई खानाको जोहो कसरी गर्ने भन्ने चिन्तामा परेका छन् । आठबीसकोट नगरपालिका–९ का दिपक शाहीले आकासेपानीको भरमा खेती गरेका किसानले लगाएको हिउँदे बालीले पानी नपाएपछि सुख्खा खडेरीका कारण सुक्न थालेको बताउनु भयो ।
गतवर्षको भूकम्पले क्षति गरेपछि बाँस, गाँसको पीडामा परेका नागरिक यसवर्ष खेती सप्रिय खाना पाउने आशा गरि पर्खि बसेका समुदाय हिउदे बाली लगाएदेखि पानी नपरेका कारण भोकमरी पर्ने भएको छ । मानो छरी मुरी फलाउन छरेको अन्नवाली सुख्खा खडेरीले बारीमै सुकेपछि विहान बेलुकाको छाक कसरी जुटाउने भन्ने चिन्ता बढ्दै गएको छ ।
गतबर्ष भूकम्पले घरवारविहिन बनायो यसबर्ष सुख्खा खडेरीले भोगमारी पार्ने भयो । सरकारले खाद्यय सुरक्षाको हकको व्यवस्था गरेपनी उपलब्ध गर्न नसकेको आठबीसकोट नगरपालिका-९ का कपिल शर्माले बताउनु भयो । कृषि र ज्यालामजदुरी गरि जीवन निर्वाह गरेका नागरिकलाई समस्या हुने भएको छ । सरकारले समयमा खाद्ययको व्यवस्थापन नगरे नागरिकको रोग भन्दा भोकले ज्यान जाने बताउनु भयो । उहाँले हिमालमा हिउँ पहाडमा पानी नपरी तिन महिना बिते । गरिब, दलित, बिपन्न आर्थिक अवस्था कमजोर भएका व्यक्ति ज्यालामजदुरी र कृषि पेशाबाट आत्मनिर्भर नागरिकको विहान बेलुकाको छाक टार्न मुश्किल हुने बताउनु भयो । सरकारले समयमा खाद्ययको व्यवस्थापन खाद्यय डिपोमा मौज्दात राख्नु पर्ने उहाँको भनाइ छ । यस बेलाको सुख्खा खडेरीले हिमाली र पहाडी क्षेत्रमा बसोवास गर्ने नागरिकलाई खाद्य सङ्कट पर्ने बताउनु भयो ।
बासुदेव शर्मा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…