ठूलो जातको मानिससँग मुखमुखै लागेको आरोपमा दलितमाथि निर्घात कुटपिट
मुसिकोट नपा-३ मैदानका ६२ वर्षीय गोरे टोमटालाई ठूलो जातको मानिससँग मुखमुखै लागेको आरोपमा सोही ठाउँका ४० वर्षीय पशुपति घिमिरेले साउन ३० गते निर्घात कुटपिट गरेको पीडितले आरोप लगाएका छन् ।
घाइते टोमटाको उपचार जिल्ला अस्पताल तम्घासमा हुन नसकेपछि साउन ३१ गते लुम्विनी मेडिकल कलेज प्रभास, पाल्पा रिफर गरिएको स्थानीय श्रीराम महतले जानकारी दिए ।
घिमिरे र टोमटाबिच घर माथिको जमीनमा काभ्रोको बेर्ना लगाएको विषयमा भनाभन भएको पीडितको भनाइ छ । 'मेरो बिन्ती छ । साहेब त्यहाँ त्यो विरूवा नलगाउनुस भन्दै थिएँ । पीडितले भने-'म क्षेत्रीको छोरासँग तँ दलित मुखमुखै लाग्ने भन्दै कुटपिट गरे ।'
पसलमा सामान किन्न गएको बेला दुई जना व्यक्तिले पुलिस हौँ भन्दै दुई हातमा छोपी लछारपछार गरी नजिकको खोल्सामा लगेको पीडितले आरोप लगाए । 'त्यस लगत्तै आरोपित पशुपति आएर टाउकोमा ढुङ्गैढुङ्गाले कुटे । अब मर्यो छाडौँ भनेको सम्म थाहा पाउँछु ।'-उनले भने-'त्यसपछि बेहोस भएछु ।'
परिवारका अनुसार उनी साउन ३० गते साँझदेखि बेपत्ता भएका थिए । बिहान सिङ्गो गाउँ खोज्दै जाँदा मैदानको खोल्सामा फेला पारेको स्थानीयले बताए । आर्थिक अवस्था कमजोर रहेका टोमटालाई तम्घासका समाजसेवीहरूले साउन ३१ गते बेलुकी चन्दा उठाएर उपचारका लागि पाल्पा पठाएका छन् ।
कुटपिट घटनाको कारण बारे आफूले बुझ्दै गरेको मुसिकोट-३ का वडाध्यक्ष कर्णराज जिसीले बताए । एउटै छिमेकमा रहेका टोमाटालाई त्यसरी कुटियो भन्ने सुन्दा आफूलाई दुख लागेको र आरोपितलाई कारबाही गर्न प्रहरी प्रशासनलाई सहयोग गर्ने वडाध्यक्ष जिसीले प्रतिबद्धता जनाए ।
जिल्ला प्रहरी कार्यालय, गुल्मीका डिएसपी महेन्द्र नेपालका अनुसार कुटपिट गर्ने विरूद्ध साउन ३१ गते पीडित पक्षले उजुरी दिएका छन् । टोमटामाथि कुटपिट गर्ने विरूद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरिएको पिडित पक्षको भनाई छ ।
एक महिना अघि मुसिकोट नपा-४ मा भाँडा नमाँझेको भन्दै स्थानिय दलित कर्णबहादुर नेपाली कुटिएका थिए । कुटपिट घटनाका आरोपित कृष्ण कार्की र शोभा कार्की जिल्ला अदालतबाट ५०/५० हजार रुपियाँ धरौटीमा रिहा भइसकेका छन् ।
टोपलाल अर्याल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धुलिखेल नगरपालिका-९ का २० वर्षीय महेश तोलङ्गेलाई प्रहरीले ०८० मङ्सिर १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १० गते धुलिखेलको एक…
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया दुई जना र १७ वर्षीया एक जना बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा तनहुँ नगरपालिका-२ घर भई हाल टोखा नगरपालिका-९, नयाँ बसपार्कस्थित पश्चिम लुम्बिनी गेष्ट हाउस सञ्चालिका २५…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा अजिरकोट गाउँपालिका– ५ का ३१ वर्षीय पुरुषलाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर १५ गते यौन…
हत्या घटनाका आरोपित गिरफ्तार
मध्यविन्दु नगरपालिका– १० का ६० वर्षीय होमबहादुर दराईको हत्या गरेको आरोपमा ३५ वर्षीय छोरा रुपेश दराईलाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेको छ । होमबहादुरलाई २०८० मङ्सिर १६ गते साँझ…
बिना कसुर थुनामा राखेको भन्दै हिरासतभित्रै अनशनमा
सहकारीको रकम अपचलन गरेको आरोपमा गिरफ्तार परी अनुसन्धानमा रहनुभएका लमजुङको कालिका सहकारीका सञ्चालक समितिका सदस्य मिलन शर्मा दनाई आफूलाई बिना कसुर थुनामा राखेको भन्दै मङ्सिर १५ गते बिहान ५ बजेबाट…