पातारासीको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जल अभाव

  ०७९ असार १९ गते

जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जलको अभाव भएको छ । स्वास्थ्य चौकीमा एक महिनादेखि जीवन जल अभाव भएपछि समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।
वर्षातको समय झाडापखालाको सिजन हो । वर्षा सुरु भएपछि पानी धमिलो हुने र त्यही धमिलो पानी पिउनु पर्ने बाध्यता भएकोले झाडापखाला हुने गरेको स्थानीय मुनमाया बोहराले बताउनु भयो । उहाँले भन्नु भयो “झाडापखला भएपछि जीवन जल खानु पर्ने हो । तर स्वास्थ्य संंस्थामै जीवन जल अभाव छ ।”
स्वास्थ्य संस्थाकी सिनियर अनमी केमा लामा रावलका अनुसार जीवन जल सकिएको एक महिना भन्दा बढी भयो । गाउँपालिकाको स्वास्थ्य शाखामा माग गरेका छौँ । आपूर्ति भएको छैन । सेवाग्राहीबाट जीवन जलको माग भएपनि दिन सकेका छैनौँ ।
झाडापखाला भएको भन्दै दैनिक स्वास्थ्य संस्थामा १० देखि १२ जना बिरामी आउने गरेका छन् । तर जीवन जल नहुँदा समस्या भएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो स्वास्थ्य संस्थामा तौल मेसिन, प्रेसर नाप्ने मेसिन पनि विग्रेका छन् । गर्भवती भएका महिलाहरू चेकजाँचका लागि स्वास्थ्य संस्थामा आउछन् । उनीहरूको तौल र प्रेसर नाप्नु पर्ने हुन्छ तर उपकरण नै नहँुदा समस्या हुने गरेको छ ।
पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराका अनुसार स्वास्थ्य संस्थामा औषधि र उपकरणका विषयमा स्वास्थ्य शाखाका प्रमुखलाई बुझ्न लगाएका छौँ । उहाँले भन्नुभयो स्थानीय तहको निर्वाचन भर्खरै सम्पन्न भई नयाँ आर्थिक बर्षको बजेट विनियोजन गरेका छौँ । जीवन जल अभाव भएको हो भने तत्काल बुझेर आपूर्ति गर्ने छौँ ।
Jumlaphoto20220703.


मानदत्त रावल