पाण्डेयको हत्या गरेको कसुरमा पत्नी सहित पाँच जनालाई कैद सजायको फैसला
नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य ३४ वर्षीय दीपक पाण्डेयलाई गोली प्रहार गरी हत्या गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश प्रकाशचन्द्र अधिकारीको ०८० चैत १४ गतेको इजलासले मृतककी पत्नी २८ वर्षीया महिमा पाण्डेयसहित पाँच जनालाई कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालतका श्रेस्तेदार सुमन पाण्डेका अनुसार मृतक पाण्डेयकी पत्नी २८ वर्षीया महिमा पाण्डेयलाई सात वर्ष कैद सजाय, कपिलवस्तु नगरपालिका-१, आनन्दबागका ३९ वर्षीय प्रकाश भन्ने ओम प्रकाश यादवलाई कर्तव्य ज्यान मुद्दामा जन्म कैद, ज्यान मार्ने उद्योगमा पाँच वर्षको कैद सजाय र हात हतियारमा साढे तीन वर्ष कैद सजायको फैसला भएको छ ।
कपिलवस्तु नगरपालिका-१, मस्जिद टोलका ३३ वर्षीय साकीर अली पाखियालाई कर्तव्य ज्यानमा जन्म कैदको सजाय, ज्यान मार्ने उद्योगमा पाँच वर्षको कैद सजाय र हात हतियारमा साढे तीन वर्ष कैद सजायको फैसला भएको छ । यसैगरी कपिलवस्तु नगरपालिका-२ का २५ वर्षीय रमजान शाह भन्ने कलाम हुसेनलाई कर्तव्य ज्यान मुद्दामा जन्म कैदको सजायको फैसला, ज्यान मार्ने उद्योगमा पाँच वर्षको कैद सजाय र हात हतियारमा साढे तीन वर्ष कैद सजाय र कपिलवस्तु नगरपालिका-१, कैलाश टोलका ३५ वर्षीय पूर्णविर पाल्पालीलाई घटनामा प्रयोग गरिएको पेस्तोल लुकाएकोले एक वर्ष तीन महिना कैद सजाय र १० हजार रुपियाँ जरिबाना तोकिएको छ ।
पीडित राहत कोषमा तीन जनालाई जनही ३ हजार ४ सय, महिमा पाण्डेयलाई ३ सय र पूर्णविर पाल्पालीलाई ४ सय क्षतिपुर्ति जम्मा गर्न समेत फैसला भएको श्रेस्तेदार पाण्डे जानकारी दिनुभयो । उहाँका अनुसार घटनामा प्रयोग भएको लु १६ प ३४९७ नम्वरको पल्सर मोटरसाईल, पेस्तोल र गोली जफत गर्ने फैसला गरिएको छ ।
पाण्डेयलाई ०७८ जेठ ५ गते राति गोली प्रहार गरिएको थियो । उहाँको उपचारका क्रममा जेठ १० गते काठमाडौँको शिक्षण अस्पतालमा मृत्यु भएको थियो । २ वर्ष १० महिनापछि अदालतले सो मुद्दाको किनारा लगाएको हो ।
घटनामा प्रहरीले १२ जनाालई गिरफ्तार गरी मुद्दा चलाए पनि सात जनाले भने सफाई पाएका छन् । सफाई पाउनेहरूमा कपिलवस्तु नगरपालिका-१ का मोटे भन्ने ३६ वर्षीय नसरत अली शेष, कपिलवस्तु नगरपालिका-२ का २९ वर्षीय सद्दाम हुसेन खान, सोही स्थनाका २६ वर्षीय प्रविण गुप्ता, कपिलवस्तु नगरपालिका-५ का ३५ वर्षीय सिरिया भन्ने श्रीराम चौधरी, यशोधरा गाउँपालिका-४ का २९ वर्षीय राजेश भन्ने ज्ञानेन्द्र कुमार पाण्डेय, सोही ठाउँका २३ वर्षीय गोलु भन्ने राधेश्याम चौधरी र सोही स्थानका राम कुमार यादव रहेका छन् ।
प्रहरीले १२ जनामाथि हातहतियार खरखजाना, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र सङ्गठित अपराधसम्बन्धि ०७८ साउन ३ गते प्रहरीले सरकारी वकिल मार्फत अदालतमा मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालतको ०७८ साउन ७ गतेको इजलासले उनीहरूलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो ।
पार्वती आचार्य
सम्बन्धित समाचारहरू
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…
भेडामा रोग फैलिएर औषधि उपचार नपाउँदा किसान मर्कामा !
तिला गाउँपालिका–५, ढिम्कोट गाउँमा पशुचौपाय भेडामा अज्ञात रोग फैलिएर औषधि उपचार नपाउँदा यहाँका स्थानीय किसान मर्कामा परेका छन् । अज्ञात रोग फैलिएपछि २५ ओटा भेडा मरेका छन् । कुन रोगले…
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा इन्सेक प्रतिनिधि सम्मानित
सिन्धुपाल्चोक जिल्लामा मानव अधिकारको पक्षमा तथा समाजमा रहेका हरेक प्रकारका विभेद र हिंसा अन्त्यका लागि सक्रिय भूमिका निर्वाह गरेको भन्दै चौतारा सागाचोकगढी नगरपालिकाले मङ्सिर १८ गते ३३ औँ अन्तराष्ट्रिय अपाङ्गता…
इन्सेकको सक्रियतामा लैङ्गिक हिंसाविरुद्ध प्रभातफेरी
चौतारा सागाचोकगढी नगरपालिकाको आयोजना तथा इन्सेकको संयोजनमा र जिल्लामा क्रियाशील अन्य सामाजिक सङ्घ संस्थाहरुको समन्वयमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत डिसेम्बर ३ मा अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसको…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-४ का २७ वर्षीय सुशिल कुमार यादवविरुद्धको उजुरी ०८१ मङ्सिर १६ गते जिल्ला प्रहरी कार्यालय मलंगवाले दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक…