पाठ्यपुस्तक समयमा नपाउदा पठनपाठन प्रभावित
कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्ला, हुम्ला, कालिकोट, मुगु र डोल्पा जिल्लामा प्रत्येक वर्ष फागुन पहिलो हप्तादेखि शैक्षिक सत्र सुरु हुने गर्दछ । मङ्सिर अन्तिम हप्तासम्म बार्षिक परीक्षा सकेर एक वर्षको शैक्षिक सत्र सम्पन्न हुने गर्दछ ।
शैक्षिक सत्र सुरु भएको चार महिना भइसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक समयमा नपाउदा पठनपाठन प्रभावित भएको छ । समयमै पर्याप्त पुस्तक नहुँदा अधिकांश विद्यालयको पठनपाठन प्रभावित हुन पुगेको हो ।
हिमा गाउँपालिका–१ बड्की गाउँस्थित कालिका माध्यमिक विद्यालय शिक्षक खाम्बा हामीका अनुसार पाठ्यपुस्तक प्रयाप्त नआउदा पुरानो किताबकै भरमा पढाइरहेका छौँ । उहाँले भन्नुभयोे, “कक्षा चार, सात र नौको नयाँ पाठ्यक्रम भएकाले ती कक्षा प्रभावित हुन पुगेका छन् । अन्य कक्षामा त पुरानै किताबले पनि पठनपाठन गराइएको छ ।
त्रैमासिक परीक्षा सुरु हुने बेलासम्म पनि विद्यार्थीको हातमा पुस्तक उपलब्ध नभएको विद्यार्थी र शिक्षकको गुनासो छ ।
जुम्लामा १ सय २३ आधारभुत र ४७ माध्यमिक विद्यालय छन् । ३१ हजार भन्दा बढी बालबालिका सामुदायिक विद्यालयमा अध्ययनरत छन् ।
नयाँ शैक्षिक सत्र सुरु भएको चार महिना बितिसक्दासमेत कर्णालीका सामुदायिक विद्यालयका विद्यार्थीले अझै पुस्तक पाएका छैनन् । जनक शिक्षा सामग्री केन्द्र, स्थानीय तह र विद्यालयहरूबीच समन्वय नहुँदा पुस्तक ढुवानी प्रभावित बनेको हो ।
सामुदायिक विद्यालयका पुस्तक बिक्रीकर्ता जिपि स्टेशनरी जुम्लाका प्रोप्राइटर गणेश रोकायाका अनुसार जुम्लामा पाठ्यपुस्तक अपुग नै छ । विद्यार्थीको मागका आधारमा पाठ्य पुस्तक माग गरेका हुन्छौ तर जनक शिक्षा सामग्रीले समयमा ढुवानी गर्न नसकेका कारण समस्या हुने गरेको छ ।
कर्णालीमा कक्षा आठको स्वास्थ्य तथा शारीरिक शिक्षा विषयको छपाइ कम हुँदा अभाव रहेको बताइएको छ । जनक शिक्षाका प्रादेशिक कार्यालय प्रमुख धनबहादुर केसीले स्थानीय तह र विद्यालयहरूबीच पाठ्यपुस्तक ढुवानीमा आपसी समन्वय नहुँदा विद्यार्थीले समयमै पुस्तक पाउन नसकेको बताउनु भयो । पुस्तक हुँदाहुँदै पनि खरिद तथा ढुवानीमा स्थानीय तह र विद्यालयले बेवास्ता गरेको उहाँको भनाइ छ ।
जनक शिक्षाका प्रादेशिक कार्यालय प्रमुख केसीले भन्नुभयोे, “सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र जाजरकोटमा सुर्खेतबाटै पठाइएको छ ।” जनक शिक्षाका अनुसार कालिकोटमा तीन हजार सेट, दैलेखमा ४ हजार ५ सय सेट, जाजरकोटमा ४ हजार सेट, सुर्खेतमा ४ हजार सेट, जुम्लामा २ हजार ५ सय सेट पुस्तक पठाइएको छ । बाँकी किताब छपाइकै क्रममा रहेकाले सुर्खेत गोदाममा आउने बित्तिकै पठाइने प्रादेशिक कार्यालयले जनाएको छ ।
कर्णालीका मुगु बाहेक सबै जिल्लामा पाठ्यपुस्तक ढुवानी प्रक्रिया सुरु भइसकेको छ । पाठ्यपुस्तक छपाइ तथा बिक्री वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले मुगुका चारवटै स्थानीय तहका लागि आवश्यक पुस्तक गोदाममै थन्किएको जनाएको छ ।
केन्द्रको सुर्खेतस्थित प्रादेशिक कार्यालयका प्रमुख केसीले दुर्गम जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक उपलब्ध गराए पनि स्थानीय तहले खरिदमा बेवास्ता गरेको बताउनु भयो । उहाँका अनुसार मुगुका लागि २४ लाखका पुस्तक तयारी अवस्थामा राखिएको छ । तर खरिद प्रक्रियामा मुगुका सबै स्थानीय तह र विद्यालयहरूले कुनै चासो दिएका छैनन् ।
कर्णाली प्रदेशका डोल्पा, सल्यान, रुकुम पश्चिम र हुम्लाका दुई स्थानीय तहमा नेपालगञ्जबाट ढुवानी भइरहेको छ । नेपालगञ्जबाट पायक पर्ने भएकाले ढुवानीको प्रक्रिया अघि बढिसकेको छ, कतिपय जिल्लामा पुगिसकेको छ भने केही पुस्तक बाटोमै रहेको सुर्खेतस्थित प्रादेशिक कार्यालयका प्रमुख केसीले जनाउनु भएको छ ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १९ गते)
असार १९ गते ३९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
ड्युटीमा रहेका प्रहरीलाई कुटपिट, आरोपितद्वय गिरफ्तार
अस्थायी प्रहरी पोष्ट चोरकाटेका प्रहरी हवल्दार ३४ वर्षीय अर्जुनबहादुर सेन र प्रहरी जवान २८ वर्षीय अनन्तबहादुर रोकालाई मादक पदार्थ सेवन गरेर ड्युटिमा नै रहेका बेला कुटपिट गरेको आरोपमा प्रहरीले सिरानचोक…
पातारासीको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जल अभाव
जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जलको अभाव भएको छ । स्वास्थ्य चौकीमा एक महिनादेखि जीवन जल अभाव भएपछि समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हजुरबुवा नातापर्ने ८१ वर्षीय पुरुषलाई प्रहरीले ०७९ असार १८ गते गिरफ्तार गरेको छ । बालिकालाई ०७९ असार १६ गते घरमै बलात्कार गरेका भन्दै पीडितपक्षले…
जुम्लामा कुसंस्कार कायमै, नवजात शिशुसहित सुत्केरी महिला गोठमा !
हिमा गाउँपालिका– ५ की २६ वर्षीया मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आउनु भएको छ । शाही सुत्केरी भएपछि नौ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य…