पाठ्यपुस्तक छपाइमा कमजोरी, बालबालिकाको पठनपाठन प्रभावित
सिमकोट गाउँपालिका–५ स्थित बालमन्दिर माध्यमिक विद्यालयको कक्षा ८ को नेपाली विषयमा दुईवटा पाठ नछापिएर खाली आएपछि बालबालिकाको पठनपाठन प्रभावित भएको छ ।
विद्यालयले खरिद गरेको नेपाली कितावका दुईवटा पाठ नछापिएको खाली भएर आएपछि बालमिन्दर माविका ५६ जना विद्यार्थीको पठनपाठनमा समस्या भएको हो ।
शैक्षिक सत्र सुरु भएको तीन महिनापछि ढिलो गरी पुगेको पाठ्यपुस्तक पनि अधुरो बनेर आएको छ । यस अघि विभिन्न संचार माध्यममा समाचार प्रसारण तथा प्रकासन भएपछि पाठ्यपुस्तक हतारमा छाप्ने कार्य गर्दा समस्या उत्पन्न हुन सक्ने आकलन बालमन्दिर माविका प्रद्यानाध्यापक कैलाश रोकायाले गर्नु भयो ।
जनक शिक्षाको लापरबाहीका कारण पाठको शीर्षक मात्र छापिएर आएको भए पनि अन्य विषयबस्तु नछापिएको प्रद्यानाध्यापक रोकायाले बताउनु भयो । पाठका बिषयबस्तु नछापिएर आएका पाठ मध्ये पाठ ३ को देबकुमारी थापा र पाठ ४ को ग्रन्थ चित्र रहेको प्रअ रोकायाले बताउनु भयो ।
त्यस्तै कक्षा ८ मा अध्यनरत छात्रा अलिस्मा बोहराले यति धेरै गम्भीर त्रुटी हुनु राम्रो नभएको गुनासो गर्नु भयो । शीर्षक मात्र भएर केही गर्न नसकिने बताउँदै पूर्णपाठ नपढी विद्यार्थीले जानकारी लिन नसक्ने छात्रा बोहराको भनाई छ । छात्रा बोहराका अनुसार समस्या समाधान नभई यसभित्र आफुले गर्नुपर्ने क्रियाकलाप गर्न नसकिने भएको छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…