पाठ्यपुस्तक अभावमा पठनपाठनमा समस्या
नयाँ शैक्षिक सत्र सुरु भएको झण्डै दुई महिना वितिसक्दा समेत जिल्लाका अधिकांश दुर्गम विद्यालयमा पाठ्यपुस्तक नपुगेपछि पठनपाठनमा समस्या उत्पन्न भएको छ ।
सामुदायिक विद्यालयको पुस्तक उत्पादन र बिक्रीवितरणको जिम्मेवारी लिएको जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक छपाई मै ढिला गरेपछि जिल्लाका अधिकांश विद्यालयमा पाठ्यपुस्तक पुग्न नसकेपछि पठनपाठनमा समस्या भएको हो ।
जेठ ३ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु भएपनि सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न नसक्दा शिक्षण सिकाईमा समस्या भएको अपिहिमालका शिक्षक नरेन्द्रसिंह मन्यालले गुनासो गर्नु भयो ।
कापीको भरमा स्कुल जानु पर्ने र नयाँ पाठ्यपुस्तक नहुँदा शिक्षकहरूले पनि नपढाउने गरेकाले पढाइमा अभिरुचि नभएपछि अध्ययन नगरी छिटै घर फर्कने गरेको दुर्गास्थान माविमा अध्ययनरत विद्यार्थी जमनसिंह धामीले गुनासो गर्नु भयो ।
सामुदायिक विद्यालयले पुराना पुस्तक विद्यार्थीबाट फिर्ता मागेर केही विद्यार्थीलाई दिएको भएपनि कक्षा ४, ७ र ९ मा यो वर्ष पूरै पाठ्यक्रम परिवर्तन भएकोले ती कक्षामा के पढाउने भन्ने अन्योल रहेको दुर्गास्थान माविका शिक्षक मानसिंह विष्टले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘विद्यार्थी भर्ना अभियान समाप्त भएपनि किताब नहुँदा पठनपाठन गर्न समस्या भएको छ । प्राथमिक तहमा परिवर्तन नभएको पाठ्यपुस्तक केही विद्यार्थीलाई मात्रै अभाव रहेको छ । तर, माथिल्लो कक्षामा अध्ययनरत विद्यार्थीका लागि धेरै पाठ्यपुस्तक विद्यालयमा पुग्न सकेका छैनन् ।’
विद्यार्थीले विद्यालयमा बुझाएको पाठ्यपुस्तक वितरण गरेर केही विषयको पढाइ भइरहेको भएपनि अधिकांश नयाँ पाठ्यपुस्तक नहुँदा विद्यार्थीहरूमा पढाइप्रति रुचि नहुने गरेको विद्यार्थी बीरसिह धामीको भनाइ छ ।
पाठ्यपुस्तक वितरक चौलानी पुस्तक पसलका सञ्चालक मनोहर डागाले जिल्लाको माग तथा आवश्यकता अनुसार पाठ्यपुस्तक आइनसकेको बताउनुभयो ।
उहाँले भन्नु भयो– ‘केही पाठ्यपुस्तक प्राप्त भएको खबर छ । जिल्ला आइपुग्न अझै केही दिन लाग्न सक्छ ।’
दुहुँ गाउँपालिका–२ स्थित दह आधारभूत विद्यालयका प्रधानाध्यापक जंगबहादुर बमले विद्यालयमा कक्षा चारका पाठ्यपुस्तक नआउँदा पढाईमा समस्या भएको बताउनु भयो ।
उहाँले भन्नु भयो– कक्षा चारमा १३ जना विद्यार्थी अध्ययनरत छन् । तर, विद्यालयमा दुई ओटा मात्रै किताब पाइएको छ । शिशु कक्षादेखि पाँच कक्षासम्म पढाई हुने यस विद्यालयमा कक्षा चारका विद्यार्थीले किताब पाउन सकेका छैनन् ।
दुई वर्षदेखि कोभिडका कारण पठनपाठन हुन नसकेपछि शिक्षा क्षेत्र प्रभावित भएको अवस्थामा अहिले पाठ्यपुस्तक नहुँदा विद्यार्थीलाई अध्ययन गर्न निकै समस्या भएको शिक्षक हरकसिंह खातीले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘अहिले केही विद्यार्थी पुस्तकबिना नै विद्यालयमा आइरहेका छन् । शिक्षक र विद्यार्थी नियमित विद्यालयमा उपस्थित छन् । तर, पुस्तक नहुँदा पठनपाठन प्रभावित भएको छ ।’
सुगम क्षेत्रका विद्यालयमा भर्ना भएका विद्यार्थीलाई इन्टरनेटको सहायताले बोर्डमा लेखेर पढाइ भइरहेको भएपनि दुर्गम क्षेत्र जहाँ फोनको पनि नेटवर्क नभएको क्षेत्रका विद्यालयमा पाठ्यपुस्तकबिना पढाइ सम्भाव नभएको स्थानीय जयदेव जोशीले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘सरकारले देशभरका सबै विद्यालयमा समयमै पाठ्यपुस्तक पु¥याउने आश्वासन दिने गरेको छ । तर, जिल्लामा अहिलेसम्म कुनै पाठ्यपुस्तक पुग्न सकेको छैन् । प्रत्येक वर्ष दुर्गमका विद्यालयमा तीन महिनापछि मात्रै किताब पुग्ने गरेको छ ।’
शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख जयराज पन्तले जिल्लामा केही पाठ्यपुस्तक पुगेको जानकारी पाएको भएपनि सबै ठाउँका विद्यालयमा पाठ्यपुस्तक पुग्न नसकेको बताउनु भयो ।
जिल्लाभरी २ सय ९१ आधारभूत र ७३ ओटा माध्यमिक विद्यालय छन् ।
नरेन्द्रसिह कार्की
सम्बन्धित समाचारहरू
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका-४ का २२ वर्षीय जसवन्तकुमार गणेशलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक-पकट र अन्तिम पटक ०८० मङ्सिर १८…