पाठ्यपुस्तकको अभावले पठपाठनमा बाधा
कालिकोटका विभिन्न विद्यालयमा पाठ्यपुस्तकको अभाव भए पछि यहाँका विद्यार्थीको पढाइमा बाधा पुगेको छ । शैक्षिसत्र सुरू भएको ६ महिना बितिसक्दा समेत विद्यालयमा पाठ्यपुस्तक असोज ६ गतेसम्म पनि नपुगेपछि विद्यार्थीहरूको पढाइमा बाधा पुगेको हो ।
पलाता गाउँपालिकामा रहेका कर्णाली मावि खिन, दुधेसिल्ला मावि वेर्सनकोट, देउती मावि उखाडी, कालिका आधारभुत विद्यालय छलाह, सरस्ववती मावि राडुनेटामा कक्षा २ देखि ९ सम्मका विज्ञान, गणित, अङ्ग्रेजी विषयका किताब नपुगेको स्थानीय अभिभावक भरतराज विष्टले बताए ।
यस्तै रास्कोट नगरपालिका अन्तर्गत मोतिराम मावि सिप्खाना, रमा मावि कालासिल्ला, दुदेसिल्ला मावि रकुमा पनि पाठ्यपुस्तकको अभाव रहेको बताइएको छ । वैशाखमा शैक्षिक सत्र सुरू भए पनि चैतमा पाठ्यपुस्तकको माग गरिएको भए पनि जनक शिक्षा, साझा प्रकाशनको ढिलाइका कारण पुस्तक नपुगेको जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीले बताए ।
विद्यालयमा पुस्तक नै नभएपछि एक हप्ता अगाडि नै दसैँ विदा गरेर विद्यालय बन्द गर्नु परेको जनज्योति मावि पाँखाका प्रधानाध्यपक दुर्गा भट्टले बताए ।
कालीबहादुर मल्ल
सम्बन्धित समाचारहरू
मुस्ताङ मार्फाको तापक्रममा अस्वभाविक परिवर्तन !
हिमालपारीको जिल्ला मुस्ताङको मार्फा क्षेत्रमा मापन गरिएको तापक्रमको विवरण हेर्दा पछिल्लो समय तापक्रममा केही बढोत्तरी हुनुका साथै अस्वभाविक परिवर्तन भएको पाइएको छ । गर्मी समयमा अधिक तापक्रम पुग्ने र चिसो…
कर्णाली प्रदेशमा ‘बालविवाह’ को सङ्ख्या बढ्दै !
कर्णाली प्रदेशमा ‘बालविवाह’ को सङ्ख्या बढ्दै गएको छ । जुम्लामा १७.९ प्रतिशत बालविवाह गरेका छन् । जसमा बालकको सङ्ख्या ८.६ र बालिकाको सङ्ख्या २६ प्रतिशत रहेको छ । हिमाली जिल्ला हुम्लामा…
समाचारको प्रभावः कोथपेका स्थानीयलाई आउजाउ गर्न र्याफ्टिङ
गत असोज १० गतेदेखि १२ गतेसम्म परेको वर्षाले सुनकोशी नदीको झोलुङ्गे पुल र पक्की पुल बगाएपछि खाँडादेवी गाउँपालिका–१ कोथपेको माझी बस्तीका स्थानीयले सुनकोशी तर्न ट्युबको प्रयोग गरेको समाचार इन्सेक अनलाइनलगायतका…
भूकम्पबाट आवास विहिन भएका नागरिकले पाउने रकम नपाउँदा बिचल्ली !
जिल्लामा ०८० कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पबाट आवास विहिन भएका नागरिकले पाउने रकम नपाउँदा बिचल्लीमा परेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकारण व्यवस्थापन प्राधिकारणले पोर्टलमा अपुरो विवरण प्रविष्ट हुँदा…
द्वन्द्वले प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान हुँदै
बाँसगढी नगरपालिकाले सुरुवात गरेको द्वन्द्वपीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान कार्य सकारात्मक भएको द्वन्द्वपीडित बाँसगढी नगरपालिका–६ की ४५ वर्षीय शारदा थारुको भनाइ रहेको छ । द्वन्द्वकालमा सरकारसँग…