पाँच महिनादेखि स्वास्थकर्मी नहुँदा गर्भवती महिलालाई सास्ती
सिमकोट गाउँपालिका–७ डाँडाफया इलाका स्वास्थ्यचौकीका अनमीद्वय रमिता रोकाया र अनमी बसन्ती रावत पाँच महिनादेखि स्वास्थ्य चौकीमा नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।
रोकाया एक वर्षदेखि र रावल पाँच महिनादेखि घर विदामा भनी गएर नफर्कँदा गर्भवती महिलालाई स्वास्थ जाँच गराउन समस्या भएको छ ।
दरबन्दी रहेका दुवै अनमी विदामा गएर नफर्कँदा सेवाग्राही महिलाहरू स्वास्थ्य उपचार गर्न एकदिनको पैदल दुरीमा रहेको जिल्ला अस्पताल सिमकोट पुग्नुपर्ने बाध्यता रहेको स्थानीय महिला इसरा सिंहले गुनासो गरिन् ।
डाँडाफया इलाका स्वास्थ्यचौकीमा अन्य रोग तथा समस्याको उपचारका लागि स्वास्थ्यकर्मी भएपनि गर्भवती महिलालाई जाँच गराउने तथा अस्थायी साधनका बारेमा जानकारी दिने स्वास्थकर्मी नहुँदा सामान्य कामका लागि पनि एकदिन पैदल हिँडेर सदरमुकाम जान बाध्य भएको स्थानीय जस्कला शाहीले बताइन् ।
पुरूष स्वास्थकर्मीबाट शरीरको चेकजाँच गराउन र समस्या राख्न स्थानीय महिला हिच्किचाउने भएकाले हाल सो वडाका महिलाले गर्भ निरोधक साधन प्रयोग गर्ने क्रममा समेत समस्या भएको शाहीको भनाई छ ।
दुईजना अनमीको दरबन्दी भएपनि हाल दुवै अनमी भनसुनमार्फत् सदरमुकाम स्थित जिल्ला अस्पतालमा कार्यरत रहेको बुझिन आएको सिमकोट गाउँ कार्यपालिका सदस्य विनोद बिकले बताए ।
सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक धुर्वराज सिंहले भने समस्या समाधानका लागि दुवै जना अनमीलाई तत्काल स्वास्थ चौकीमा बोलाउने बारे गाउँपालिकाले निर्णय गरिसकेको भएपनि केही प्राविधिक कारणले मात्रै ढिलाइ भएको बताए ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित गिरफ्तार
तुलसीपुर उमनपा–३ का नौ वर्षीय भुवन केसीलाई भरुवा बन्दुकले गोली प्रहार गरी हत्या गरेको आरोपमा १० वर्षीय दाजु र ६२ वर्षीय हजुरबुबा भुविन्द्र खत्रीलाई प्रहरीले ०८१ माघ २६ गते गिरफ्तार…
१५ शैया अस्पताल अलपत्रः निर्माण सम्पन्न भएको दुई वर्ष बित्दा पनि सञ्चालन विहिन अवस्था !
जिल्लाका स्थानीय तह स्तरमा निर्माण भएका १५ शैयाका अस्पताल अलपत्र अवस्थामा रहेका छन् । निर्माण कार्य सम्पन्न भएको दुई वर्ष बित्दा पनि अस्पताल सञ्चालन विहिन अवस्था देख्दा स्थानीयहरू निरास हुँदै…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२४ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा सहिद नगर नगरपालिका-१ का २२ वर्षीय धिरेन्द्र मण्डल विरुद्ध ०८१ माघ २४ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय, यदुकुहामा उजुरी दिनुभएको छ । पीडित…
यौन दुर्व्यवहार कसुरमा दुई वर्ष ६ महिना कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले साकेला गाउँपालिका-२ रतन्छाका ७६ वर्षीय मदन राईलाई दुई वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद…
बलात्कार कसुरमा १२ वर्ष कैद सजाय
१२ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ४२ वर्षीय बुबालाई ०८१ माघ २४ गते जिल्ला अदालतले १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत रौतहटका न्यायाधीश शम्भु रेग्मिको इजलासले…