पाँच महिनादेखि सामुदायिक स्वास्थ्य इकाइ बन्द, सेवाग्राही मर्कामा
सर्केगाड गाउँपालिका–१ स्थित जैरको छिडिनता सामुदायिक स्वास्थ्य इकाई पाँच महिनादेखि बन्द हुँदा सेवाग्राहीले सास्ती खेपेका छन् । उत्त स्वास्थ्य संस्थामा गत साउनदेखि बन्द हुँदा सो क्षेत्रका स्थानीय नागरिक उपचारबाट बञ्चित भएका हुन् ।
तत्कालीन कर्णाली प्रदेश सरकारका पूर्वसामाजिक विकासमन्त्री दल रावल मन्त्री भएको वेला स्थापना भएको सामुदायिक स्वास्थ्य इकाईमा हाल सर्केगाड गाउँपालिकाले स्वास्थ्यकर्मी र औषधि व्यवस्था नगरेपछि सेवाग्रहीलाई समस्या भएको छ ।
स्वास्थ्यकर्मी र औषधिको व्यवस्था नभएकाले साउन महिनादेखि तालाबन्दी भएको सर्केगाड गाउँपालिका– १ छिडिनताका मंगल्या कार्मीले गुनासो गर्नु भएको छ । गाउँपालिका अध्यक्ष ठानबहादुर रोकाया र उपाध्यक्ष चन्द्रसिहं कार्कीलाई स्वास्थ्यकर्मी र औषधिको व्यवस्था गरिदिन आग्रह गरे पनि सुनुवाइ नभएको स्थानीय कामीले गुनासो पोख्नु भएको हो ।
२ सय ५ घरधुरी भएको छिडिनाता स्थानीयहरूले बिरामी हुँदा औषधि उपचारका लागि जैर स्वास्थ्यचौकीमा दुई घन्टा पैदल र निजी मेडिकल भएको बालुकुना तीर्थसैना पुग्न तीन घन्टाको समय खर्चिन बाध्य भएको कामीले बताउनु भएको छ ।
सामान्य रुघाखोकी, ज्वरो, टाउको दुखेको समय पनि सामान्य सिटामोल समेत पाउन मुस्किल भएको छ । साउन महिनादेखि सामुदायिक स्वास्थ्य इकाइ बन्द भएपछि गाउँबासीले सिटामोलको (टाटो) समेत देख्न नपाएको अर्का स्थानीय रतन रावतले गुनासो गर्नुभयो । रुघाखोकी, ज्वरो, जटिल बिरामी भएपछि दुई घन्टा उकालो पैदल हिँडेर जैर स्वास्थ्यचौकी र बालुकुना, तीर्थसैना मेडिकलसम्म पुग्न बाध्य भएको रावतको भनाइ छ ।
उक्त विषयमा सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीलाई बुझ्दा उहाँले गाउँपालिकासँग प्रयाप्त आर्थिक स्रोत नभएका कारण सो स्वास्थ्य संस्था बन्द भएको बताउनुभयो ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…