पाँच महिनादेखि विज्ञान विषयको शिक्षक नहुँदा पठनपाठन प्रभावित
पाँच महिनादेखि विज्ञान विषयको शिक्षक नहुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । सिमकोट गाउँपालिका–५ स्थित बालमन्दिर माध्यामिक विद्यालयमा दरबन्दी भए पनि पाँच महिनादेखि शिक्षकको व्यवस्था नभएपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको हो ।
विद्यालयमा विज्ञान विषय पढाउने शिक्षक नभएपछि पठनपाठन विनै अर्धवार्षिक परीक्षा दिनु पर्ने बाध्यता रहेको कक्षा १० मा अध्ययनरत छात्रा विपना बोहराले गुनासो गर्नुभयो । अन्य विषय पठनपाठन भएको धेरै समय बितिसक्दा पनि विज्ञान विषय हालसम्म पढाइ नभएका कारण विद्यार्थीको पठनपाठनमा समस्या भएको छात्रा बोहराले गुनासो गर्नुभयो ।
विद्यालयमा विज्ञान विषयको पढाइ पाँच महिनादेखि हुन नसकेपछि सिमकोट गाउँपालिकामा शिक्षकको व्यवस्थाको पहल गर्दा पनि कुनै सुनुवाई नभएको विद्यार्थीले गुनासो गरेका छन् । यस अघि असार २८ गते सो विद्यालयका विद्यार्थीहरूले शिक्षकको माग राखेका थिए । तर हालसम्म माग पुरा नभएको बालमन्दिर माध्यामिक विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले बताउनु भयो ।
नयाँ शैक्षिक सत्र सुरु भएको सात महिना भइसकेको छ । तर ५ महिनादेखि विज्ञान विषयको शिक्षक भर्नाका लागि गाउँपालिकाले अनुदानको व्यवस्था पनि गरेको थियो । गाउँपालिकाको अनुदानमा विज्ञान र गणित शिक्षक राख्न बजेटको व्यवस्था गरे पनि हालसम्म विद्यालयले विज्ञापन गर्दा समेत कसैको पनि आवेदन नपरेको उक्त विद्यालयका प्रधानाध्यापक रोकायाले बताउनु भयो ।
दुई पटक विज्ञापन गर्दा पनि शिक्षक अध्यापन अनुमति पत्र प्राप्त भएका कसैको पनि आवेदन नपरेकाले विज्ञान विषयको शिक्षक भर्ना गर्न नपाएका कारण ५ महिनादेखि पढाइ हुन नसकेको प्रधानाध्यापक रोकायाले स्वीकार गर्नुभयो । उहाँका अनुसार शिक्षक अनुमति पत्र प्राप्त गरेको बिएसी पढेको जिल्लामा नपाएकै कारण दुई पटक विज्ञापन गर्दा जिल्लाभित्र र बाहिरबाट आवेदन नपरेकाले समस्या देखिएको छ । गाउँपालिका अध्यक्ष विजय भण्डारीले तत्कालका लागि अस्थायी शिक्षकको विकल्प गाउँपालिकाले गरिदिने प्रतिबद्धता जनाउनुभयो ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको…
जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय…