पाँच महिनादेखि तलब भत्ता नपाएको स्वास्थ्यकर्मीको गुनासो
चन्दननाथ नगरपालिकामा स्वास्थ्य सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मीहरुले गत वर्ष फागुन महिनादेखि तलब भत्ता नपाएको गुनासो गरेका छन् ।
चालु आर्थिक वर्ष ०८०/०८१ को खाता बन्द गर्न एक साता मात्रै बाँकी रहेको छ । तर स्वास्थ्यकर्मीको तलब भत्ताका लागि रकम निकासा नआएर तलब भत्ता नपाएको चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले गुनासो गर्नु भयो ।
उहाँले भन्नुभयो ‘अहोरात्र खटिएर ८० प्रतिशत स्वास्थ्य सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मीले लामो समयसम्म तलब भत्ता नपाउनु दुखद पक्ष हो । ’
चन्दननाथ नगरपालिकामा स्वास्थ्य सेवा प्रवाह गर्ने स्थायी २९ जनासहित यहाँको आठ ओटै स्थानीय तहमा कार्यरत २ सय जना स्वास्थ्यकर्मीले ०८० फागुन महिनादेखि तलब भत्ता नपाएको जनस्वास्थ्य निरीक्षक महतले बताउनु भयो ।
स्वास्थ्य तथा जनस्ख्या मन्त्रालयले स्थायी स्वास्थ्यकर्मीका लागि अपुग तलब भत्ता जेठ २८ गते माग गर्दा पनि अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष समाप्त हुन लाग्दा पनि रकम निकासा नगरेको उहाँले बताउनु भयो ।
चन्दननाथ नगरपालिका जुम्लाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेका अनुसार तलब भत्ताको रकम निकास नआएकोले स्वास्थ्यकर्मीलाई उपलब्ध गराउन सकिएको छैन । उहाँले भन्नुभयो असार २० गतेसम्म निकासा आउने भन्ने छ । निकासा आएपछि एकै पटक पाँच महिनाको तलब उपलब्ध गरिने छ ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…