पाँच बुँदे माग राख्दै दुई विद्यार्थी पाँच दिनदेखि आमरण अनसनमा

पोखरा-लेखनाथ मनपा-१ मा रहेको पृथ्वीनारायण क्याम्पसमा अनियमितता भएको भन्दै सोही क्याम्पसमा अध्ययनरत नरेन्द्र बसेल र कृष्ण अधिकारी माघ १४ गतेदेखि आमरण अनसनमा बसेका छन् ।photo20180201kaski (1)

विज्ञान सङ्काय अन्तर्गत तेस्रो वर्षमा अध्ययनरत बसेल र कानुन सङ्काय चौथो वर्षमा अध्ययनरत अधिकारी क्याम्पस परिसर भित्रै अनसनमा बसेका हुन्  ।

अनसनरत विद्यार्थीले सो क्याम्पसको स्वर्ण जयन्ती स्मृतिभवनमा भएको अनियमितता छानबिन गरी दोषीउपर कारबाही गरी तत्काल भवन सुचारू गर्नुपर्ने, क्याम्पसले वाषिर्क आम्दानी र खर्चको बारेमा सार्वजनिक सुनुवाइ गर्नुपर्ने, क्याम्पसमा राजनीतिक भागबण्डाका आधारमा गरिने नियुक्ति बन्द गर्नुपर्ने लगायतका माग राखेको बताएका छन् ।

माघ १८ गते राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखरा, शान्तिका लागि नागरिक समाजको सञ्जाललगायतका निकाय तथा सङ्घसंस्थाका प्रतिनिधिहरू सहभागी टोलीले अनसनरत विद्यार्थीलाई भेटी सोको बारेमा जानकारी लिएका थिए ।

photo20180201kaski (2)

टोलीले अनुगमनपछि विद्यार्थीको स्वास्थ्य अवस्था र उनीहरूले क्याम्पस प्रशासनलाई राखेका मागका सम्बन्धमा क्याम्पस प्रमुख चन्द्र बहादुर थापालाई भेटी उनीहरूको मागलाई जतिसक्दो चाँडो सम्बोधन गर्न सुझाव दिएका छन् । सो क्रममा क्याम्पस प्रमुख थापाले क्याम्पस प्रशासनले आफूहरूका तर्फाट सम्बोधन हुन सक्ने मागलाई वार्ताका माध्यमबाट सम्बोधन गर्ने प्रतिक्रिया दिएका थिए ।


सङ्गीता भाट