पाँच बुँदे घोषणापत्र जारी गर्दै इन्सेकको साधारणसभा सम्पन्न (घोषणापत्र सहित)
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को २८ औँ साधारणसभा समसामयिक विषयका पाँच बुँदे घोषणापत्र जारी गर्दै असोज १५ गते काठमाडौँमा सम्पन्न भएको छ ।
साधारणसभाले गत असोज ११, १२ र १३ गतेको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भागमा भएको मानवीय तथा भौतिक क्षतिका घटनाप्रति दुःख व्यक्त गरेको छ । 'विपत्मा परेका नागरिकको उद्धार तथा पुनर्स्थापनाका लागि क्रियाशील हुन तथा भविष्यमा हुनसक्ने यस्ता विपत्को पूर्वतयारीको आवश्यक प्रबन्ध गर्न नेपाल सरकारसँग माग गर्दछ । जलवायु परिवर्तन, वातावरणीय समस्याका कारण हुने क्षति विरुद्ध रणनीति बनाउन सभा माग गर्दछ ।'-घोषणापत्रमा उल्लेख छ ।
त्यसैगरी साधारणसभाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०८१ साउन ३० गते प्रतिनिधि सभा, भदौ ६ गते राष्ट्रिय सभा र भदौ १३ गते राष्ट्रपतिबाट प्रमाणिकरण भएसँगै १८ वर्ष अघिदेखि अवरुद्ध सङ्क्रमणकालीन न्यायको विषय अगाडि बढ्ने अपेक्षा गरेको छ ।
साधारणसभाले इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष गीता बरालद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको अध्यक्ष डा. कुन्दन अर्यालले बताउनु भयो ।
साधारणसभाद्वारा जारी घोषणापत्र
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
‘बालिका आमा’ को सङ्ख्या बढ्दै, एकै वर्षमा ९० किशोरीले जन्माए सन्तान
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसुरको दफा १ सय ७३ मा ‘बाल विवाह गर्न नहुने’ सम्बन्धी व्यवस्था उल्लेख छ । जसको दफा १ मा ‘विवाह गर्ने…
कोशी प्रदेशमा प्रभावहीन बालमैत्री स्थानीय शासन अवधारणा
सरकारले बाल अधिकारको सम्मान गर्दै बालमैत्री स्थानीय तह बनाउनका लागि कार्यविधि जारी गरेपनि कोशी प्रदेशमा बालमैत्री स्थानीय शासन अवधारण गतिहीन भएको छ । नेपाल सरकारले बालमैत्री स्थानीय शासनको प्रर्वदन गर्नका…
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । स्वास्थ्य सेवा कार्यालय हुम्ला अन्तर्गतको जिल्ला अस्पतालमा कार्यरत पाँच जना चिकित्सकले गत वैशाखदेखि पारिश्रमिक नपाएको गुनासो गरेका हुन् ।…
बालविवाह रोक्न बालिका बिमा
गैँडहवा गाउँपालिकाले गाउँपालिकामा जन्मिएका बालिकाहरूको बालिका बिमा गर्ने निर्णय गरेको छ । 'छोरी बचाउ छोरी पढाउ' अभियान अन्तर्गत गैँडहवा गाउँपालिकामा जन्मिएका बालिकाको प्रोत्साहन गरी छोरीको शैक्षिक विकास, छोरा र छोरी…
कोशी प्रदेशमा १ हजार ७ सय २७ जनामा डेङ्गीको सङ्क्रमण
कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गीको सङ्क्रमण बढेपछि चिकित्सकले उच्च सर्तकता अपनाउन आग्रह गरेका छन । कोशी प्रदेशमा ०८१ साउनदेखि ०८१ असोज २३ गतेसम्ममा १ हजार ७ सय २७ जनामा…