पाँच दिनदेखि वडा कार्यालयमा तालाबन्दी, सेवाग्राही मर्कामा
जिरी नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा भैंसीको पाडी खरिदसम्बन्धी विवादले साउन ३ गतेदेखि लागेको ताला अझै नखुल्दा सेवाग्राही मर्कामा परेको छन् ।
जिरी नगरपालिकाले ७ नम्बर वडाका किसानका लागि अनुदानमा पाडी वितरणको कार्यक्रम ल्याएको र साझेदारीका लागि रकम उठाए पनि पाडी नपाएको भन्दै स्थानीयले साउन ४ गतेदेखि वडा कार्यालयमा तालावन्दी गरेका हुन् । उनीहरुले वडा अध्यक्ष शान्त नेपालीले रकम उठाएर सम्पर्कविहीन भएको आरोप लगाएका छन् । स्थानीय ५६ जना किसानबाट जनही १० हजारका दरले ५ लाख ६० हजार रकम साझेदारीका लागि भन्दै उठाएको पीडितहरुको भनाई छ ।
गत आर्थिक वर्ष जिरी नगरपालिकाले विपन्न तथा दलित समुदायका लागि कृषि तथा पशु प्रवद्र्धनको कार्यक्रमका लागि ७ नम्बर वडा कार्यालयलाई उपलव्ध गराएको २ लाख बजेट समेत दुरुपयोग गरिएको उनीहरुको आरोप छ । सो रकमवाट वडा अध्यक्षसहितका जनप्रतिनिधि स्वयँले भैंसी खरिद गरेको देखाएर रकम भुक्तानी लिएको दावी गरेका छन् ।
तालावन्दी पछि जिरी नगरपालिका ७ नम्बर वडा कार्यालयका दैनिक कामकाज प्रभावित भएको छ । वडा नं. ७ का पदेन जिरेल काठमाडौँमा अस्थायी बसोवास गर्दै आएकोमा नागरिकताको प्रतिलिपिका लागि वडा कार्यालयमा सिफारिस लिन जाँदा कार्यालय तीन दिनदेखि कार्यालय बन्द रहेको बताए ।
जिरेलका अनुसार सो वडाका अन्य सेवाग्राही समेत कार्यालयमा तालाबन्दी हुँदा दुख पाईरहेको गुनासो गरे । वडा अध्यक्ष नेपालीले भने राजनीतिक प्रतिशोधका आधारमा स्थानीयलाई भड्काएर वडा कार्यालयमा तालावन्दी गरिएको र वडावासीले सेवा लिन नपाएको प्रतिक्रिया दिए । प्रदेश सरकारबाट ७ नम्बर वडाका लागि कृषि तथा पशुपालन कार्यक्रम अन्र्तगत तोकिएर आएको वजेट नगरपालिकाको सहमति अनुसार पाडी खरिद तथा वितरणको तयारी भए पनि अन्तिममा आएर कार्यक्रम गर्न नसकिएको वडा अध्यक्ष नेपालीले बताउनुभयो ।
पाडी खरिदका लागि १ सय जना किसान आवश्यक पर्नेमा ४५ जना मात्रै तयार भएको र बाँकी किसानको सङ्ख्या अपुग भएपछि कार्यक्रम गर्न नसकिएको वडा अध्यक्ष नेपालीको दावी छ । उहाँले साझेदारी वापत किसानवाट उठेको रकम वडा कार्यालयसँग सुरक्षित रहेको र सो रकम फिर्ता गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
जिरी नगरपालिका पशु शाखाका अधिकृत पदमबहादुर जिरेलले वडाका किसानलाई ५० प्रतिशत साझेदारीमा १ सय ओटा पाडी वितरण गर्ने गरी सार्वजनिक सूचना जारी भए पनि सो योजना कार्यान्वयन हुन नसकी प्रदेश सरकारवाट आएको १० लाख बजेट फ्रिज गएको बताउनुभयो ।
उद्धव पोखरेल
सम्बन्धित समाचारहरू
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…
भेडामा रोग फैलिएर औषधि उपचार नपाउँदा किसान मर्कामा !
तिला गाउँपालिका–५, ढिम्कोट गाउँमा पशुचौपाय भेडामा अज्ञात रोग फैलिएर औषधि उपचार नपाउँदा यहाँका स्थानीय किसान मर्कामा परेका छन् । अज्ञात रोग फैलिएपछि २५ ओटा भेडा मरेका छन् । कुन रोगले…
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा इन्सेक प्रतिनिधि सम्मानित
सिन्धुपाल्चोक जिल्लामा मानव अधिकारको पक्षमा तथा समाजमा रहेका हरेक प्रकारका विभेद र हिंसा अन्त्यका लागि सक्रिय भूमिका निर्वाह गरेको भन्दै चौतारा सागाचोकगढी नगरपालिकाले मङ्सिर १८ गते ३३ औँ अन्तराष्ट्रिय अपाङ्गता…
इन्सेकको सक्रियतामा लैङ्गिक हिंसाविरुद्ध प्रभातफेरी
चौतारा सागाचोकगढी नगरपालिकाको आयोजना तथा इन्सेकको संयोजनमा र जिल्लामा क्रियाशील अन्य सामाजिक सङ्घ संस्थाहरुको समन्वयमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत डिसेम्बर ३ मा अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसको…