पाँचदलीय गठबन्धन र एमाले कार्यकर्ताबिच झडप, तीन जना गिरफ्तार

  ०७९ वैशाख २८ गते

मौन अवधि सुरू भएपछि छथर गाउँपालिका–२ हमरजुङमा वैशाख २८ गते एमाले कार्यकर्ता र पाँचदलीय गठबन्धनका कार्यकर्ताबिच झडप  भएको प्रहरीले जनाएको छ ।

झडपमा परी तीन जना घाइते भएकोे प्रहरीले जनाएको छ । घाइते हुनेमा नेपाली कांग्रेस निकट सङ्गठन नेपाल  तरूण दलका जिल्ला उपाध्यक्ष विकास श्रेष्ठसहित मनिष बस्नेत र सेमिहाङ लिम्बू भएको प्रहरीले जनाएको छ ।

एमाले कार्यकर्ताले एक्कासी आक्रमण गरेको नेपाल तरुण दलका जिल्ला अध्यक्ष बिपिन लिम्बूले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । घटनाको विरोधमा नेपाल तरूण दलका जिल्ला अध्यक्ष बिपिन लिम्बूले वैशाख २८ गते विज्ञप्ति जारी गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

 प्रहरीले आक्रमण गरेको आरोपमा मानबहादुर खड्का, कृष्णबहादुर कार्की र मेदुना रानामगरलाई अनुसन्धानका लागि गिरफ्तार गरेको छ ।

गिरफ्तारीमा परेकामध्ये मनबहादुर खड्का नेकपा (एमाले) हमरजुङका अध्यक्ष रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर फिञ्जो शेर्पाले बताउनु भयो ।

घाइतेको उपचार वीपी कोइराला स्वास्थ्य विज्ञाान प्रतिष्ठान धरान घोपामा भइरहेको छ ।

घटनाको विरोधमा नेपाल कम्युनिष्ट पार्टी छथर गाउँपालिका कमिटी अध्यक्ष धर्मराज खुलालले वैशाख २८ गते विज्ञप्ति जारी गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

280208059_513153000286509_2118255355613505551_n

photo 20220511 terthum (1)

photo 20220511 terthum (2)

photo 20220511 terthum (3)

photo 20220511 terthum (4)

photo 20220511 terthum (5)


सुरेश खत्री