पाँचथर बम विस्फोट घटनाका बारेमा राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण
फालेलुङ गाउँपालिका-५ डाँडागाँउमा भदौ १३ गते विष्फोट हुँदा दुई वर्षीया बालिका र ११ वर्षीय बालकको मृत्यु र अन्य दुई बालकहरू घाइते भएको घटनाका बारेमा इन्सेक र सिविनले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएका छन् ।
ध्यानाकर्षणपत्रमा "सिविन नेपाल र इन्सेकले संयुक्तरूपमा गरेको तथ्य संकलनका आधारमा पाँचथर घटनामा आहत ४ जना बालबालिकाको उपचारको लागि स्थानीय स्वास्थ्य चौकी, फिदिम जिल्ला अस्पताल, धरान स्थित वि पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोशी प्रादेशिक अस्पतालसम्म पुऱ्याउन प्रयास गरिएकोमा प्रिन्सा र दिपसनले बाटोमा नै मृत्युवरण गरेको र अर्का गम्भीर घाइते दिपसन राई (७) र पवन राई (११) लाई क्रमशः धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोशी प्रादेशिक अस्पतालमा लगिएको देखिन्छ। यसक्रममा कसैको सहयोगबिना पवनकी आमा र दिपसनका बाबाले आ-आफ्ना छोराहरूलाई अस्पताल लगेकोमा घाइतेहरूलाई आर्थिक अभावकै कारण घर फर्काएर लगेको र स्थानीय प्रहरीको सहयोगमा पुनः फिदिम जिल्ला अस्पतालमा भर्ना गरिएको पाइएको छ । यसरी सघन उपचारको आवश्यकता रहेका बालकहरूलाई सिविन नेपाल र इन्सेकका प्रतिनिधिहरू घटनास्थल पुगेपछिमात्र र उनीहरूकै सहजीकरणमा फिदिम जिल्ला अस्पतालबाट भाद्र १९ गते काठमाडौं ल्याई कीर्तिपुर अस्पतालमा उपचारको व्यवस्था मिलाइएको उल्लेख छ ।"
त्यसैगरी "सिविन र इन्सेकका प्रतिनिधि घटनास्थल पुग्नु अगाडिको सरकारी तथा सम्बन्धित निकायको उदासिनताले भने गम्भीर प्रश्नहरू खडा गरेका छन् । घटनापछि परिवारलाई नै जिम्मा लगाएर अस्पताल पठाउने बाहेक ती गरीब र अबोध परिवारलाई कुनै निकायले पनि ठोस सहयोग पुर्याएको पाइँदैन र अस्पताल पुऱ्याइएका बालकहरूलाई घरै फर्काएर लैजानु पर्ने अवस्था सिर्जना भएको देखिन्छ। यसरी आहत परिवारलाई परेको यस विपत्तिमा कसैले ध्यान नदिनु र राज्यले अभिभावकत्व नलिनु गम्भीर चिन्ताको विषय हो। द्वन्द्वकालीन अवशेषबाट भएको यस घटनालाईसामान्य तरिकाबाट बुझ्ने र घाइतेको उपचारमा समेत लापर्वाही भएको पक्ष गम्भीर समीक्षाको विषय बन्नु पर्दछ र दोषीहरू कार्वाहीको भागी बन्नु पर्दछ" ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
घाइते बालकहरूको उपचार भइरहेको कीर्तिपुर अस्पताल र बालकहरूको अवस्थाका बारेमा इन्सेक र सिविनले अस्पतालका कार्यकारी निर्देशक गौरी प्रधान, चिकित्सकहरू तथा पीडित परिवारसँग भेटघाट गरेका छन् । डा. शंकरमान राईका अनुसार घाइते बालकहरुको शल्यकृया गरिएको र उनीहरुको अवस्था सुधारोन्मुख छ ।
अनलाइनडेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…