पाँचथरमा भएको विष्फोटमा तीन बालक र एक बालिका घाइते
फालेलुङ गाउँपालिका-५ डाँडागाँउमा भएको विष्फोटमा तीन जना बालक र एक जना बालिका गरी चार जना घाइते भएको प्रहरीले जनाएको छ ।
विष्फोट पदार्थ भदौ १३ गते विष्फोट हुँदा फालेलुङ गाउँपालिका-५ का ११ वर्षीय बालक दिप्सन सावा, दुई वर्षीया बालिका प्रियसा सावा, ११ वर्षीय बालक पवन राई र सात वर्षीय बालक दिप्सन राई घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमन्त भण्डारीले बताउनु भयो ।
विष्फोट परी घाइते भएकामध्ये ११ वर्षीय दिप्सन सावा र दुई वर्षीया बालिका प्रियसा सावालाई थप उपचारका लागि झापाको विर्तामोडस्थित वि एण्ड सी अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ ।
११ वर्षीय बालक पवन राईको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सात वर्षीय बालक दिप्सन राईको फालेलुङ गाउँपालिका-५ स्थित प्राङबुङ स्वास्थ्य चौकीमा उपचारपछि घर पठाइएको प्रहरीले जनाएको छ ।
विष्फोट परी घाइते परी चार जना बालबालिका घाइते भएको फालेलुङ गाउँपालिका-५ वडाध्यक्ष भरतबहादुर खपाङ्गीले बताउनु भयो ।
प्रहरी घटनास्थलमा पुगेपनि के कति कारणले र के विष्फोट भएको त्यसको यकिन विवरण प्राप्त भइ नसकेको प्रहरीले जनाएको छ ।
घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
इवारा जवेगु लिम्बू
सम्बन्धित समाचारहरू
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा तीन जना गिरफ्तार
वरिष्ठ अधिवक्ता डा. दिनेशकुमार त्रिपाठीलाई कुटपिट गरेकको आरोपमा झापाको बुद्धशान्ति गाउँपालिका-४ घर भई काठमाडौँ महानगरपालिका-३२ शान्तिनगर बस्ने ५५ वर्षीया सीतादेवी राईलाई माघ ७ गते गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले…
गाउँ टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण, लाभग्राही खुशी
सामाजिक सुरक्षा भत्ता लिनकै लागि गाडी चढेर बैङ्कसम्म पुग्नुपर्ने झण्झट रहेकोमा गाउँ टोलबाटै भत्ता बुझ्न पाएपछि लाभग्राही खुशी भएका छन् । पाल्पाको बगनासकाली गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण र स्वास्थ्य…
बर्दियामा विषादीको प्रयोगले बढ्दै क्यान्सर रोगका बिरामी
बर्दियामा क्यान्सर रोगका बिमारीको सङ्ख्या बढ्दै गएको पाइएको छ । प्रत्येक वर्ष स्थानीय तहबाट क्यान्सर रोगको उपचारका लागि सिफारिस लिनेको सङ्ख्या तुलनात्मक रुपमा थपिँदै गएपछि जिल्लामा क्यान्सर रोगका विरामीको सङ्ख्या…
एक वर्षदेखि पशुसेवा केन्द्र बन्द, सेवाग्राही मर्कामा
तिला गाउँपालिकाको मालिकाठाटा र घोडेमहादेव वडा नम्बर ६, ८ र ९ मा एक वर्षदेखि पशुसेवा केन्द्र बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । यहाँका स्थानीय नागरिकको प्रमुख पेशा नै पशुपालन…
जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य
जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य भएका छन् । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको जिल्लाका गाउँ बस्तिका अधिकांश महिलाहरू बिच बाटोमै बच्चा जन्माउन बाध्य भएका हुन्…