पाँचथरमा भएको विष्फोटमा घाइते एक बालक र एक बालिकाको मृत्यु
फालेलुङ गाउँपालिका-५ डाँडागाउँमा भएको विष्फोटमा घाइते भएका १२ वर्षीय बालक दिप्सन राईको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
झापाको विर्तामोडस्थित वि एण्ड सी अस्पतालमा उपचारका क्रममा दिप्सनको भदौ १३ गते मृत्यु भएको प्रहरीले जनाएको छ ।
विष्फोटमा परी घाइते भएका चार जनामध्ये एक बालक र एक बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमन्त भण्डारीले बताउनु भयो ।
फालेलुङ गाउँपालिका-५ का दिलिप सावाका १२ वर्षीय छोरा दिप्सनको उपचारका क्रममा वि एण्ड सी अस्पताल, झापा र अढाई वर्षीया छोरी प्रिन्साको उपचारका लागि झापा लैजाने क्रममा इलाममा बाटोमै मृत्यु भएको डिएसपी भण्डारीले बताउनु भयो ।
विष्फोटमा घाइते भएका ११ वर्षीय बालक पवन राईको जिल्ला अस्पताल उपचार भइरेहको डिएसपी भण्डारीले बताउनु भयो । दीपक राईका सात वर्षीय छोरा दिप्सन राईको फालेलुङ गाउँपालिका-५ स्थित प्राङबुङ स्वास्थ्य चौकीमा उपचारपछि घर पठाइएको छ ।
फालेलुङ गाउँपालिका-५ डाँडागाँउमा ०८१ भदौ १३ गते भएको विष्फोट होममेड ग्रिनेड भएको प्रहरीले जनाएको छ । होममेड ग्रिनेट विष्फोट भएको हो वा होइन भन्ने स्वतन्त्र पुष्टि हुन बाँकी छ ।
नेपाली सेनाको टोलीले भदौ १४ गते घटनास्थलमा पुगेको छ । सेनाले थप एउटा शंकास्पद वस्तु फेला पारेको र घटनाका विषयमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
इवारा जवेगु लिम्बू
सम्बन्धित समाचारहरू
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा तीन जना गिरफ्तार
वरिष्ठ अधिवक्ता डा. दिनेशकुमार त्रिपाठीलाई कुटपिट गरेकको आरोपमा झापाको बुद्धशान्ति गाउँपालिका-४ घर भई काठमाडौँ महानगरपालिका-३२ शान्तिनगर बस्ने ५५ वर्षीया सीतादेवी राईलाई माघ ७ गते गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले…
गाउँ टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण, लाभग्राही खुशी
सामाजिक सुरक्षा भत्ता लिनकै लागि गाडी चढेर बैङ्कसम्म पुग्नुपर्ने झण्झट रहेकोमा गाउँ टोलबाटै भत्ता बुझ्न पाएपछि लाभग्राही खुशी भएका छन् । पाल्पाको बगनासकाली गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण र स्वास्थ्य…
बर्दियामा विषादीको प्रयोगले बढ्दै क्यान्सर रोगका बिरामी
बर्दियामा क्यान्सर रोगका बिमारीको सङ्ख्या बढ्दै गएको पाइएको छ । प्रत्येक वर्ष स्थानीय तहबाट क्यान्सर रोगको उपचारका लागि सिफारिस लिनेको सङ्ख्या तुलनात्मक रुपमा थपिँदै गएपछि जिल्लामा क्यान्सर रोगका विरामीको सङ्ख्या…
एक वर्षदेखि पशुसेवा केन्द्र बन्द, सेवाग्राही मर्कामा
तिला गाउँपालिकाको मालिकाठाटा र घोडेमहादेव वडा नम्बर ६, ८ र ९ मा एक वर्षदेखि पशुसेवा केन्द्र बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । यहाँका स्थानीय नागरिकको प्रमुख पेशा नै पशुपालन…
जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य
जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य भएका छन् । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको जिल्लाका गाउँ बस्तिका अधिकांश महिलाहरू बिच बाटोमै बच्चा जन्माउन बाध्य भएका हुन्…