पाँचथरका ३४ ओटा मतदान केन्द्र अति सम्वेदनशील
आगामी मङ्सिर ४ गतेका लागि तय गरिएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाका ३४ ओटा मतदान केन्द्र अति सम्वेदनशील रहेको जिल्ला सुरक्षा समितिले निश्कर्ष निकालेको छ ।
सुरक्षा सम्वेदनशीलताका दृष्टिकोणले मतदान केन्द्रको वर्गीकरण गर्ने क्रममा जिल्लाका १ सय २ ओटा मतदान केन्द्रमध्ये ३४ ओटा मतदान केन्द्र अति सम्वेदनशील रहेको निश्कर्ष सुरक्षा समितिको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका ३४ ओटा मतदान केन्द्रलाई अति सम्वेदनशील, ५८ ओटालाई सम्वेदनशील र १० ओटालाई सामान्यमा वर्गीकरण गर्दै सोही अनुसारको सुरक्षा योजना तर्जुमा गर्दै निर्वाचन सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।
वर्गीकरण गरिएका मतदान केन्द्रहरूमध्ये फिदिम नगरपालिकाका नौ ओटा, फालेलुङ गाउँपालिकाका ११ ओटा, तुम्वेवा गाउँपालिकाको एक ओटा, फाल्गुनन्दका गाउँपालिकाको तीन ओटा र मिक्लाजुङ गाउँपालिकाको आठ ओटा मतदान केन्द्र अति सम्वेदनशीलको सूचीमा सूचीकृत गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी गैरेले फिदिम नगरपालिकाका तीन ओटा, याङवरक गाउँपालिकाका नौ ओटा, हिलिहाङ गाउँपालिकाका ११ ओटा, कुम्मायक गाउँपालिकाका १० ओटा, तुम्वेवा गाउँपालिकाका आठ ओटा, फाल्गुनन्द गाउँपालिकाका १२ ओटा र मिक्लाजुङ गाउँपालिकाका पाँच ओटा मतदान केन्द्र सम्वेदनशील सूचीमा राखिएको बताउनु भयो ।
फिदिम नगरपालिकाका नौ ओटा र याङवरक गाउँपालिकाको एक ओटा गरी १० ओटा मतदान केन्द्र सामान्यको सूचीमा छन् ।
भौगोलिक विकटता, मतदाता र मतदान केन्द्रको दूरी र सुरक्षा पोष्टको पहु‘चसहितका विभिन्न सूचकलाई आधार मानेर मतदान केन्द्रको वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनु भयो ।
अति सम्वेदनशील र सम्वेदनशील सूचीमा परेका मतदान केन्द्रमा सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाइने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष राइले बताउनु भयो ।
सुरक्षा अधिकारीका अनुसार निर्वाचन सामाग्री लैजाने र मतदानसँगै मतदान पश्चात सुरक्षा व्यवस्था प्रबन्ध, जनशक्ति व्यवस्थापन आदिको प्रबन्ध सम्वेदनशीलताका आधारमा गरिन्छ ।
सहमान विश्वकर्मा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
सुस्त मनस्थितिकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–५ कोइलाडी बर्साइनका ४६ वर्षीय बंकर भनिने मौधकर खंगविरुद्ध प्रहरीले चैत १७ गते उजुरी दर्ता गरेको छ । पीडितका बुबाले…
बलात्कार घटनाको कसुरमा सात वर्ष कैद
१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेजका २३ वर्षीय अनीष कुमार मण्डललाई चैत १५ गते ७ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको…
नेपाल मानव अधिकार वर्ष पुस्तक परिमार्जनसहित इतिहासको निरन्तरता विषयक कार्यशाला सम्पन्न
इन्सेकले सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकको आगामी वर्षदेखि केही परिमार्जित ढाँचामा ल्याउने उद्देश्यले काभ्रेको धुलिखेलमा आयोजित दुई दिने कार्यशाला सम्पन्न भएको छ…
बलात्कार गरेको कसुरमा कैद सजायको फैसला
नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले आठराई त्रिवेणी गाउँपालिका– १ का १०, ११ र १२ वर्षीय बालकलाई चैत १६ गते कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना
द्वन्द्वपीडित समाजले चैत १७ गते पोखरामा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना विरोध प्रदर्शन गरेका छन् । संक्रमणकालीन न्याय सम्बन्धि वेपत्ता पारिएका व्यक्तिहरूको छानविन, सत्य निरूपण तथा मेलमिलाप…