पहेँलो र सेतो परिचपय भएका अपाङ्गता भएका व्यक्तिलाई भत्ताको व्यवस्थाले लाभग्राही खुशी
बगनासकाली गाउँपालिकाले लोककल्याणकारी कार्यक्रम अन्तरगत पहेँलो र सेतो अपाङ्गता परिचयपत्र भएका व्यक्तिलाई पनि मासिक निर्वाह भत्ताको व्यवस्था गरेपछि लाभग्राहीहरू खुशी भएका छन् ।
आर्थिक वर्ष २०७९/८० को सुरुवातबाटै बगनासकाली गाउँपालिकाले पहेलो र सेतो अपाङ्गता भएका व्यक्तिहरूलाई पनि अपाङ्गता निर्वाह भत्ताको व्यवस्था गरेपछि आफूहरू खुशी भएका पहेँलो अपाङ्गता परिचयपत्र भइ भत्ता लिँदै आउनुभएका बगनासकाली गाउँपालिका-८, बरांगदीका धनपति पाण्डेले बताउनु भयो । सरकारी व्यवस्था अनुसार रातो र निलो अपाङ्गता भएका व्यक्तिले मात्रै नियमित मासिक भत्ता पाउँछन् । अपाङ्गता परिचयपत्र बनेपछि आफूले पनि भत्ता पाउने आशा जागेको थियो तर उहाँसँग पहेलो अपाङ्गता परिचयपत्र भएका कारण भत्ता पाउने अवस्था नरहेकोमा गाउँपालिकाको उक्त निर्णयले आफू लगायत धेरै जना खुशी भएका उहाँले बताउनु भयो ।
बगनासकाली गाउँपालिका-६, दर्पुकका ४५ वर्षीय खुम बहादुर बोटेसँग पनि पहेलो रङको अपाङ्गता परिचयपत्र छ । उहाँले आफू जस्ता अपाङ्गता भएका व्यक्तिहरुलाई पनि भत्ताको व्यवस्था गरेकोमा गाउँपालिकालाई धन्यवाद दिनुभयो । 'मेरो घुँडा र ढाड सम्बन्धी समस्या छ । थोरै भए पनि सरकारले हामी अपाङ्गता भएका व्यक्तिहरूलाई गाउँपालिकाले सम्बोधन गरेको छ । यो हाम्रा पनि खुशीको कुरा हो' - उहाँले भन्नुभयो ।
गाउँपालिकाले पहेलो अपाङ्गता परिचय बाहकलाई मासिक रुपियाँ ५ सय र सेतो परिचयपत्र बाहकलाई मासिक ३ सय रुपियाँ निर्वाह भत्ताको रुपमा वितरण गर्दै आएको बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले बताउनु भयो ।
यम्घा भुटुकेकी धनी लामिछानेसँग पनि पहेलो अपाङ्गता परिचयपत्र छ । जन्मदै दाइने हात गुमाउनुभएकी लामिछाने अव व्यवस्थापनमा स्नातक अध्ययनको तयारीमा हुनुहुन्छ । अपाङ्गता भएका व्यक्तिहरूलाई गाउँपालिकाले गरेको सम्बोधन सराहनीय रहेको उहाँले बताउनु भयो । 'अपाङ्गता भएका ब्यक्तिहरूसँग पनि क्षमता छ उनीहरुलाई क्षमता अनुसारको सीप सिकाउन सके दैनिकी सहज बन्न सक्छ । यसमा पनि गाउँपालिकाले ध्यान दिनुपर्छ' - उहाँले भन्नुभयो ।
बगनासकाली गाउँपालिकामा सरस्वती चिदीको नेतृत्व निर्वाचित भएपश्चात अपाङ्गता भएका व्यक्तिहरूलाई केही न केही रुपमा सहज होस् भन्ने उद्देश्यले गरिएको निर्णयबाट लाभग्राहीहरू खुशी भएका छन् । गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को सुरुबाटै भत्ता वितरण सुरू गरेको हो । गाउँपालिका अध्यक्ष सरस्वती चिदीले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको संरक्षण र कार्यान्वयनका लागि गाउँपालिका लागिपरेको बताउनु भयो ।
बगनासकाली गाउँपालिकामा रातो परिचयपत्र भएका ६४ जना अपाङ्गता भएका व्यक्ति छन् । उनीहरूले मासिक ३ हजार ९ सय ९० रुपियाँ भत्ता पाउँदै आएका छन् । त्यस्तै निलो परिचयपत्र भएका १ सय ४१ जनाले मासिक २ हजार १ सय २८ रुपियाँ मासिक भत्ता पाउँदै आएका छन् । त्यस्तै पहेलो र सेतो अपाङ्गता परिचयपत्र भएकाहरूलाई गाउँपालिकाले आफ्नै स्रोतबाट मासिक निर्वाह भत्ता वितरण गर्दै आएको छ । जस अन्तरगत बगनासकाली गाउँपालिकामा पहेलो अपाङ्गता परिचयपत्र भएका १ सय ३३ जना रहेका छन् र सेतो अपाङ्गता परिचयपत्र भएका ७७ जना रहेका छन् ।
यज्ञमूर्ति तिमिल्सिना
सम्बन्धित समाचारहरू
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले थलारा गाउँपालिका–४ का ६० वर्षीय गम्भिरे सार्कीलाई ०८१ चैत ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १५ गते बलात्कार…
मानव अधिकार उल्लङ्घनका तथ्याङ्कलाई विश्लेषणात्मक बनाउनुपर्नेमा जोडः अध्यक्ष डा. अर्याल
मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको तथ्याङ्कलाई विश्लेषणात्मक रूपमा प्रस्तुत गर्नुपर्नेमा आवश्यकता रहेको इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले बताउनु भएको छ । इन्सेकद्वारा ०८१ चैत ८ गते चितवनमा आयोजित नेपाल…