पहुँचयुक्त भौतिक संरचना निर्माणमा जोड
पहुँचयुक्त भौतिक पुर्वाधार नहुँदा अपाङ्गता भएका ब्यक्तिहरूलाई समस्या हुने गरेको भन्दै सरकारले सबैखाले संरचनालाई पहुँचयुक्त बनाउनुपर्ने सरोकारवालहरूले जोड दिएका छन् ।
इन्सेक गण्डकी प्रदेश र डिडाको आयोजनामा असार ८ गते पोखरामा आयोजित पहुँचयुक्त भौतिक पुर्वाधार विषयक सेवाग्राही तथा सेवा प्रदायकबिच अन्तरक्रिया कार्यशालामा बोल्दै राष्ट्रिय अपाङ्ग महासङ्घ गण्डकी अध्यक्ष खोमराज शर्माले देशमा रहेका १५ प्रतिशत अपाङ्गता भएका व्यक्तिलाई राज्यले उपेक्षा गरेको बताउनु भयो ।
योजना निर्माणमा अपाङ्गता भएका व्यक्तिहरूको सहभागीता र परामर्श नहुदा अपाङ्गतामैत्री संरचना बन्न नसकेको उहाँको भनाई थियो ।
पोखरा महानगरपालिका सडकहरू अत्यन्तै खतरापूर्ण रहेको भन्दै उहाँले स्मार्ट सिटीका नाममा गरिएको खर्च उपयोगी बन्न नसकेको बताउनु भयो ।
भौतिक पुर्वाधार विकास तथा यातायात मन्त्रालयका योजना महाशाखा प्रमुख रामकुमार श्रेष्ठले घर र सडक मात्रै नभई अन्य क्षेत्रमा बन्ने भौतिक संरचना अपाङ्गमैत्री बनाउन आवश्यक रहेको बताउनु भयो ।
मन्त्रालयहरूबाट सुरुवात गर्नुपर्ने भन्दै पहुँचयुक्त संरचना निर्माण गर्ने नीति तथा कार्यक्रममा रहेको उल्लेख गर्नु भयो ।
सरकारी कार्यलयहरूलाई पहुँचयुक्त बनाउन सकेमा अन्य क्षेत्रमा पनि त्यसको प्रभाव पर्न सक्ने उहाँको विश्वास थियो ।
कार्यक्रममा सहभागी सन्ध्या पौडेलले अस्पतालहरू नै अपाङ्गमैत्री नहुँदा सेवा लिन समस्या भएको बताउनु भयो ।
अर्का सहभागी डण्डापाणी ढकाल अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरेर जेब्राक्रसिङ्गलाई ब्यबस्थापन गरिनु आग्रह गर्नु भयो ।
इन्सेक गण्डकी संयोजक शिव खकुरेलले अपाङ्गका क्षेत्रमा बनेका कानुन र अधिकारलाई व्यबहारत कार्यन्वयन गराउन राज्यका निकायलाई जिम्मेवार र जबाफदेही बनाउन कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
पोखराका सडकपेटीहरू ब्यापारीहरूले कब्जा गर्दा सडकपेटीमा हिड्ने अपाङ्गता भएका व्यक्तिहरूलाई आवतजावतमा समस्या हुने गरेको बताउनु भयो ।
अपाङ्गता भएका व्यक्तिहरूमा गरिने खर्च अतिरिक्त खर्चको रूपमा राज्यको बुझाइ परिवर्तन हुन आवश्यक रहेको उहाँको भनाइ थियो ।
महिला मानव अधिकार रक्षक सञ्जाल अध्यक्ष इन्द्रकुमारी शर्माले भौतिक संरचना निर्माणमा इन्जिनियरहरूले विशेष ध्यान दिन सकेमा अपाङ्गमैत्री संरचना निर्माण बन्ने विश्वास व्यक्त गर्नु भयो ।
राष्ट्रिय अपाङ्ग महासङ्घ गण्डकी सदस्य हेम गुरुङले पहुँचयुक्त संरचना निर्माणका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
सुशन घिमिरे
सम्बन्धित समाचारहरू
बुढीगंगा नगरपालिकामा निर्वाचन सम्पन्न, ६६.८३ प्रतिशत मत खस्यो !
गत वैशाख ३० गते स्थगित गरिएको बुढिगंगा नगरपालिको निर्वाचन कडा सुरक्षाकाबिच असार २३ गते सम्पन्न भएको छ । विहान ७ बजेदेखिे नगरपालिकाका १० ओटा वडामा सुरु भएकोे मतदान कार्य निर्धारित…
घरेलु हिंसा पीडित महिलाद्वारा इन्सेकको सहयोगमा मुद्दा दर्ता
घरेलु हिंसा पीडित कपिलवस्तु नगरपालिका–६ गोबरी घर भई हाल कपिलवस्तु नगरपालिका –११ माइती घरमा बस्दै आएकी २० वर्षीया छायाँ बरीले इन्सेकको सहयोगमा जिल्ला अदालतमा असार २१ गते मुद्दा दर्ता गराउनु…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २३ गते)
असार २३ गते ६० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८० हजार ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ३…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१३ वर्षीया बालिकालाई विवाह गर्ने प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा पीडित पक्षले बराहक्षेत्र नगरपालिका–१ का १९ वर्षीय जयकुमार राईविरूद्ध असार २१ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघटीमा उजुरी दिएको छ…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले फिदिम नगरपालिका–९ का २२ वर्षीय कृष्ण राइलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश योगेन्द्रप्रसाद शाहको असार २१ गतेको इजलासले…