पहिल्यै रकम पाएकालाई पैसा उपलब्ध गराउने आशयको सरकारको निर्णय
मन्त्रिपरिषदको साउन २१ गते बसेको बैठकले तराई मधेस आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई जनही १० लाख रुपियाँ दिने निर्णय गरेको छ । तर, अधिकांश त्यस्ता परिवार र घाइतेलाई केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारकै पालामा करोडौं रकम बाँडिएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका अधिकारीका अनुसार मधेस, थरुहट तथा सुर्खेत, जुम्ला आन्दोलनका क्रममा ज्यान गुमाएका ५३ जनाका आश्रति परिवारले जनही १० लाख रुपैयाँ पाइसकेका छन् । विभिन्न कारणले चार जनाका परिवारले सो रकम पाउन नसकेका मन्त्रालय स्रोतले जनाएको सञ्चार माध्यामहरूले उल्लेख गरेका छन् ।
पूर्ववर्ती सरकारकै पालामा सबै मृतकका परिवारलाई रकम निकासा भइसकेको र केही मृतकका परिवारमा कसले रकम बुझने भनी आफूआफूमा नै विवाद भएपछि रकम नलगेको निवर्तमान कानुनमन्त्री अग्नि खरेलले प्रतिक्रिया दिएका छन् ।
ओली सरकारले विभिन्न मितिमा 'सीमाङ्कनका विषयमा भएको आन्दोलनका क्रममा मारिएका' भन्ने शीर्षकमा १०/१० लाख वितरण गरेको समाचार सञ्चार माध्यामहरूले जनाएका हुन् । त्यसैगरी १९ जना घाइतेलाई औषधि उपचार खर्च र उनीहरूका कुरुवालाई समेत खर्च प्रदान गरेको गृह मन्त्रालयले जनाएको छ ।
साउन २१ गते बसेको मन्त्रीपरिषद बैठकले मधेस आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार खर्च वील अनुसार भुक्तानी गर्ने र आन्दोलनमा भएको हिंसात्मक घटनाको छानबिनका लागि न्यायिक आयोग गठन सम्बन्धमा प्रस्ताव तयार गर्न गृह मन्त्रालयलाई एक साताको समय दिएको उपप्रधानमन्त्री तथा सरकारका प्रवक्ता कृष्ण बहादुर महराले बताएका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
मधेस प्रदेशस्तरीय वातावरण मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक, मुक्ति नेपाल र महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको आयोजनमा चैत १५ गतेदेखि मानव अधिकार रक्षकहरूको अवस्था बारे मधेस प्रदेशस्तरीय समीक्षा बैठक तथा कार्याशाला…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–४ का २२ वर्षीय जोगिन्द्र मुखियाविरुद्धको मुद्दा चैत १५ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलाशले फरार…
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा इन्सेकद्वारा धारणा सार्वजनिक
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आफ्नो धारणा सार्वजनिक गरेको छ । सरकारले गत फागुन २९ गते राजपत्रमा…
अमानविय व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
गोलबजार नगरपालिकाका नगर प्रमुख ५० वर्षीय श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेर अमानविय व्यवहार गरेको आरोपमा नहरा गाउँपालिका–४ का ४३ वर्षीय साधुशरण महराविरुद्ध चैत १५ गते प्रहरीले उजुरी दर्ता गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत उत्तरपदेश, रामपुर घर भई हाल धनगढी उपमहानगरपालिका—१३ मोहनपुरमा डेरा गरी बस्ने ५० वर्षीय रिजवान खानलाई चैत १४ गते गिरफ्तार गरेको छ ।…