पहिरो पीडित परिवारलाई राहत प्रदान
सिदिङ्वा गाउँपालिका–६ मेहेलका पहिरो पीडित यादव बुढाक्षेत्री र रामवहादुर तामाङ, सिदिङ्वा गाउँपालिका–३ का प्रेम सेलिङ, महेश्वर सेलिङ, डिल्ली सेलिङ र नरेश सेलिङलाई जिल्ला विपद् व्यवस्थापन समितिले राहत प्रदान गरेको छ ।
विपद् व्यवस्थापन समितिको ०८० असार ११ गतेको बैठकले पहिरोमा घर गुमाएका ६ जनाको परिवारलाई जनही १५ हजार रुपियाँ राहत प्रदान गर्ने निर्णय गरिएको थियो ।
सोही निर्णयका आधारमा पीडितहरूलाई तत्काल राहतका लागि नगद प्रदान गर्रिको जिल्ला विपद् व्यवस्थापन प्रमुख तथा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताउनु भयो ।
सिदिङ्वा गाउँपालिकामा अझै नौ ओटा घरहरू पहिरोमा उच्च जोखिममा रहेको विपद् व्यवस्थापन समितिले जनाएको छ ।
सिरीजङ्गा गाउँपालिकामा ३५ ओटा घर पहिरोको उच्च जोखिममा परेका छन् । मैवाखोला गाउँपालिकामा नौ ओटा घर उच्च जोखिममा छन् ।
विपद् व्यवस्थापन प्रमुख तथा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले हेलिकप्टरबाट औषधि र त्रिपाललगायत सामाग्री वितरण गरिएको बताउनु भयो ।
सङ्घीय तथा प्रदेश सरकारले नगद दिने राहत अझैसम्म प्राप्त हुन सकेको छैन् । जिल्लामा पहिरोमा परेर तीन जनाले ज्यान गुमाउनु परेको छ । तीन जना वेपत्ता छन् । सिदिङ्वा गाउँपालिका–६ मेहेलका राजकुमार राईको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार जारी छ ।
सिदिङ्मा गाउँपालिका उपाध्यक्ष कृष्ण कुमारी कडरियाले गाउँपालिकाको वडा–६, ७ र ३ सबैभन्दा बढी पहिरोले प्रभावित बनाएको बताउनु भएको छ । उपाध्यक्ष कडरियाले ‘पहिरोग्रस्त क्षेत्रमा पुगेर हेर्दा मन अड्याउन कठिन छ । न घर छ, नत जग्गा नै ।’ पहिरोले बचेका जग्गामा ध्वजा फाँटेको छ । स्वास्थ्यचौकी,बाटो र पुल क्षति गरेकाले आवतजावतमा समस्या भएको उहाँको भनाइ छ ।
देवराज गुरुङ
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा १४ दिन कैद सजायको फैसला
तीन वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-७ भाण्टाबारीका १५ वर्षीय बालकलाई १४ दिन कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश दीपककुमार खरेलको ०८१ भदौ २३…
उपचारका क्रममा एक थुनुवाको मृत्यु
मोरङ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका बेलबारी नगरपालिका-४ का ३४ वर्षीय मनिकुमार तामाङको उपचारका क्रममा भदौ २३ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । गोडा सुन्निने र मुटु सम्बन्धी…
बलात्कार गरेको कसुरमा तीन वर्ष सजाय फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सुन्दरहरैचा नगरपालिका-६ सीतापुरी टोलका ४८ वर्षीय ज्ञानबहादुर मगरलाई तीन वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश पारसमणि पोखरेलको ०८१…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शान्तिनगर गाउँपालिका-१, ज्यामिरेका ४६ वर्षीय दुर्गाबहादुर सार्कीलाई प्रहरीले ०८१ भदौ २२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ १३ गते बलात्कार गरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा कालिकोट जिल्लाको पचाल झरना गाउँपालिका–१, सिकुका २५ वर्षीय गोविन्द बोगटीलाई प्रहरीले ०८१ भदौ २२ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले साउन २५…