पहिरोले स्वास्थ्यचौकीमा क्षति
फिक्कल गाउँपालिका-२ सुम्नमामपोखरी स्वास्थ्यचौकीमा साउन २६ गते राति परेको वर्षातका कारण आएको पहिरोले क्षति पुर्याएको छ । स्वास्थ्यचौकी नजिकै रहेको सडक भत्किएर स्वास्थ्यचौकीको भवनमाथि खस्दा स्वास्थ्यचौकीमा क्षति पुगेको हो ।
पहिरोले सडकमा विच्छ्याइएको ग्राभेल तथा सडकको माटो स्वास्थ्यचौकीको छानामा पर्नुका साथै भवन चर्किएको वडा अध्यक्ष शङ्करबहादुर भण्डारीले जानकारी दिनु भयो । पहिरोले स्वास्थ्यचौकीमा क्षति पुर्याएका कारण सेवासमेत प्रभावित भएको उहाँको भनाइ छ ।
क्षति पुगेको भवनलाई सकारेर जोखिम मोलेर सेवा प्रवाह गर्नुपर्ने बाध्यता रहेको पनि वडाध्यक्ष भण्डारीले बताउनु भएको छ ।
नबिनबाबु अधिकारी
सम्बन्धित समाचारहरू
जिल्ला कारागार झापामा एक जना कैदीको मृत्यु
जिल्ला कारागार झापामा कैद भुक्तान गरिरहेका भद्रपुर नगरपालिका-१ का ४० वर्षीय मदन सिलवालको माघ २९ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । जिल्ला अदालतबाट ठगी मुद्दामा कैद सजाय तोकिएपछि…
अज्ञात पक्षको गोली प्रहारबाट एक जना घाइते
देवानगञ्ज गाउँपालिका-३ का ४० वर्षीय शैलेश भगतमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । व्यवसायी भगतमाथि ०८१ माघ २९ गते अज्ञात पक्षले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका…
बालविवाह घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा पाल्हीनन्दन गाउँपालिका-४, कुश्माका २४ वर्षीय अमरजीत हरिजनलाई प्रहरीले ०८१ माघ ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २८ गते ललाई फकाई…
सामूहिक हत्या गरी आत्महत्या
भुमे गाउँपालिका–४ का आठ महिनाका बालक समिर बुढा र उहाँकी बज्यै ६० वर्षीया ढाँटी बुढाको हत्या आरोप लागेका भुमे गाउँपालिका–४ का ५१ वर्षीय चन्द्रसिंह पुनले आत्महत्या गरेका छन् । घरनजिकै…
बलात्कार गरेको कसुरमा १६ वर्ष ८ महिना कैद सजायको फैसला
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीय बालकलाई १६ वर्ष ८ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ २९ गतेको…