पहिरोले सडक अबरुद्ध हुँदा दैनिक उपभोग्य बस्तुको हाहाकार
जिल्ला सदरमुकाम गमगढी जोड्ने सडकखण्डमा लगातारको वर्षाले गएको पहिरोका कारण सडक यातायात अबरूद्ध भएपछि जिल्लामा दैनिक उपभोग्य वस्तुको हाहाकार भएको छ ।
लगतारको वर्षाले सदरमुकाम गमगढी जोड्ने नाग्मा गमगढी सडकखण्ड अन्तर्गत विभिन्न स्थानमा पहिरोल सडक यातायात अवरूद्ध भएपछि सदरमुकाम गमगढीलगायत अन्य स्थानीय तहमा समेत दैनिक उपभोग्य वस्तुको हाहाकार भएको हो ।
सडक यातायात जोड्ने नाग्मा गमगढी सडकखण्ड अन्तर्गत छायाँनाथ रारा नगरपालिका–८ झयारीखोलालगायत अन्य ठाउँमा र खत्याड गाँउपालिका जोड्ने गोठी ज्युला कवा सडक खण्डमा लगतारको वर्षाले सडक अवरूद्ध बनाएपछि भदौ १९ गतेदेखि जिल्लाभर दैनिक उपभोग्य सामग्रीको हाहाकार भएको उद्योग वाणिज्य सङ्घ मुगुका अध्यक्ष कमल बुढाले बताए ।
सडक अवरूद्ध हुँदा जिल्ला सदरमुकाम गमगढी, खत्याड गाउँपालिकाको चौर र राउतडि बजार, सोरु गाउँपालिकाको सोरुकोट, मुगम कार्मारोङ्ग गाउँपालिकाको छायल, पुलु र छिमेकी जिल्ला हुम्लाको दार्मालगायतका बजार केन्द्रमा दैनिक उपभोग्य वस्तु हाहाकार भएको स्थानीय व्यपारीहरूले बताएका छन् ।
‘केही मौज्जाद रहेको दैनिक उपभोग्य वस्तु सकिएको छ । गाडीमा सामन ढुवानी गरेर ल्याएको भएपनि वर्षातले सडक अवरूद्ध पारेपछि मालबाहक गाडी बिच बाटोमै थन्किएका छन् । भरियामार्फत ल्याएको सामन एक दिन पनि पुग्दैन । अहिले बजारमा सबैभन्दा बढी खाद्यान्न र ग्यासको अभाव छ ।’–कामन स्टोरका सञ्चालक चन्द्रसिंह रावतले बताए ।
खाद्य अभाव नहुँदा बजारमा उपभोक्ताले खोजे अनुसारको ३० केजी चामलको प्रतिबोराको मुल्य १ हजार ६ सय रुपियाँदेखि २ हजार रुपियाँसम्ममा किन्ने गरेका थिए ।
सडक अवरूद्धकै कारण बजारमा दैनिक उपभोग्य वस्तुको अभाव र यातायातमा समेत बाधा पुगेपछि तत्काल अवरूद्ध सडक खुलाउन सडक डिभिजन जुम्लालाई जानकारी गराएको र सडक अवरूद्धकै कारण बजारमा कृतिम अभाव देखाएर उपभोक्तालाई दुःख दिएको पाएमा त्यस्ता व्यापारीलाई आवश्यक कारबाही गरिने निमित्त प्रमुख जिल्ला अधिकारी प्रदिपकुमार ढकालले बताएका छन् ।
बजारमा दैनिक उपभोग्य वस्तुको अभावसँगै निजी मेडिकलहरूमा समेत औषधि अभाव देखिएको छ । रुघाखोकीका लागि उपाचार गर्न आएका बिरामीहरूका लागिसमेत मेडिकलहरूमा औषधि अभाव रहेको जेनिसा पोलिक्लिनिकका डाक्टर डबल मल्लले बताएका छन् ।
जीवन सेजुवाल
सम्बन्धित समाचारहरू
पहिरोले क्षति गरेको विद्यालय भवन मर्मत नहुँदा पठनपाठन प्रभावित
भीमदत्त नगरपालिका–९ मुसेट्टीस्थित सरस्वती आधारभूत विद्यालयको भवनमा ०८१ भदौ अन्तिम साता अविरल वर्षासँगै आएको पहिरोले विद्यालयको भवनमा क्षति पुर्याएपछि पठनपाठन प्रभावित भएको छ । सडक छेउमै सरस्वती आधारभूत विद्यालय छ…
यौन दुर्व्यवहार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा जिल्ला अदालत, कैलालीले धनगढी उपमहानगरपालिका–२ का हरीश कार्कीलाई कात्तिक २१ गते डेढ महिना कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश…
२० वर्ष मुनिका युवतीहरु आमा बन्दैः आमा र बच्चा जोखिममा !
कानुनले बाल विवाहलाई बर्जित गरे पनि जिल्लाका युवतीहरु सानो उमेरमा विवाह गरी आमा बन्दै आएका छन् । २० वर्ष भन्दा कम उमेरमा विवाह गर्नु कानुन विपरित भए पनि जिल्लामा २०…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
भानु नपा–८ गैरीफाँटकी ३९ वर्षीया प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति ओमनारयण श्रेष्ठलाई कात्तिक २२ गते गिरफ्तार गरेको छ । घरायसी विवादमा प्रतिक्षालाई आरोपितले…
निःशुल्क डाइलासिस सेवाको पालो नपाउँदा बिरामी मर्कामा ! (फोटो फिचर)
सरकारले मृगौला रोगका बिरामीलाई निःशुल्क डाइलासिस गर्ने व्यवस्थापन गरेपनि पर्याप्त मात्रामा स्रोत, साधन र जनशक्तिको अभावले बिरामीले निःशुल्क सेवा पाउनबाट वञ्चित हुँदा बिरामी मर्कामा परेका छन् । गुलरिया नगरपालिका–१२, लालपुरका…