पहिरोले विस्थापित परिवार वडा कार्यालय भवनको शरणमा
अन्नपूर्ण गाउँपालिका–३ सुवा गाउँमा पहिरोका कारण विस्थापित भएका ११ घर परिवारका ४० जनाले वडा कार्यालयको भवनमा शरण लिएका छन् ।
सुवा गाउँका सतबिर पाइजाको घर पहिरोले बगाएपछि उहाँको पाँच जनाको परिवार बेघर बनेको छ । घर पहिरोले बगाएपछि पुर्जाको परिवार वडा कार्यालयको भवनमा शरण लिनुभएको हो । पीडित पाइजाको परिवारलाई जिल्ला विपद् व्यवस्थापन समिति मार्फत राहत सामग्री एक सेट उपलब्ध गराइएको वडा अध्यक्ष रमेश पुर्जाले बताउनुभयो ।
त्यस्तै सोही स्थानका अन्य १० परिवारका ४० जना पनि उच्च जोखिम भएको कारणले गर्दा वडा कार्यालय दानाको भवनमा शरण लिएको वडा अध्यक्ष पुर्जाको भनाई छ ।
१० परिवारको घर उच्च जोखिमपूर्ण अवस्थामा रहेकाले वडा कार्यालयमा बस्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो । दिनमा गाउँमा गएर पशु चौपाया हेर्ने र सुत्न तथा खानका लागि वडा कार्यालयमा आउने गरेको उहाँको भनाई छ । पुर्जाका अनुसार अन्य थप १० घर पनि जोखिममा रहेकोले चनाखो रहनका लागि जानकारी गराइएको छ ।
प्रमुख जिल्ला अधिकारीले जोखिमको क्षेत्रमा सशस्त्र प्रहरीबलको एपिएफ टोली पठाएर उद्धारका लागि सहजीकरण गरिदिनुभएको अध्यक्ष पुर्जाको भनाई छ । दानाको सुवासँगै पुलिबाङ, फगाम, कमेरेडाँडा, तितरलगायतका ठाउँमा समेत पहिरोको जोखिम बढेकोे वडा अध्यक्ष पुर्जाको भनाई छ ।
पहिरोले उच्च जोखिममा रहेका १० घरपरिवारलाई गाउँपालिका र जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा दानामा लगेर सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । पानी पर्ने क्रम नरोकिएकाले विस्थापित भएका परिवारलाई पुनः स्थापित गर्न अझै केही समय लाग्ने पुर्जाले बताउनुभयो ।
अमृतप्रसाद पौडेल
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…