पहिरोले राचुली गाउँका दुई सय परिवार विस्थापित
राचुली गाउँमाथिबाट आएको पहिरोले गाउँका करिब २ सय घरपरिवार विस्थापित भई स्थानीय कालिका मावि राचुलीमा बसिरहेका छन् । असोज १९ गतेदेखि असोज २४ गतेसम्मको वर्षातका कारण स्थानीय विस्थापित भएका हुन ।
तिलागुफा नपा–४ राचुलीमा असोज २३ गते दिउँसो मलामी गएका १५ जनामध्ये १३ जना पहिरोमा पुरिएर अझै बेपत्ता भएका छन् । दुईजना भने सम्पर्कमा आउनु भएको छ ।
स्थानीय २२ वर्षीय युवक हेमराज शाहीको असोज २२ गते घरमा मृत्यु भएपछि असोज २३ गते मलामी गएकाहरू तिला नदीको किनारामा आएको पहिरोमा परी बेपत्ता हुनुभएको हो । पहिरो आएर तिला नदीमा मलामीलाई बेपत्ता बनाएको तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले जानकारी दिनु भएको छ ।
कालीकोटको तिलागुफा नपा– ४ राचुलीमा १३, वडानं ७ बालीगाउँमा पाँच, वडा नं ६ भैसैगोडामा एक र सान्नी त्रिवेणी गाउँपालिका–८ मुम्रामा १ गरी २२ जना बेपत्ता भएको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले जानकारी दिनु भएको छ ।
राचुली गाउँभन्दा तल बग्ने तिला नदीमा शव लिएर गएका मलामी नदीको किनारामा पुगेपछि माथिबाट आएको पहिरोमा पुरिएर बेपत्ता भएको कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले बताउनु भयो ।
उहाँका अनुसार पहिरोमा परी बेपत्ता हुनेहरूमा तिलागुफा नगरपालिका–४ का ५६ वर्षीय वडाध्यक्ष परबहादुर शाही, सोही वडाका २३ वर्षीय प्रशान्त शाही, २४ वर्षीय नरेश शाही, ४१ वर्षीय मोलिलाल शाही, ५७ वर्षीय मानबहादुर शाही, २३ वर्षीय खेमराज शाही, ७६ वर्षीय बलिबहादुर शाही, ५५ वर्षीय धनबहादुर शाही, २३ वर्षीय भेषबहादुर शाही, २८ वर्षीय खगेन्द्र शाही, ३६ वर्षीय छत्रजङ्ग शाही, ६३ वर्षीय धनबहादुर शाही र ४७ वर्षीय कालीबहादुर शाही रहेका छन् ।
स्थानीय र प्रहरीले पहिरो वरपर खोजी गरे पनि बेपत्ता भएकाहरू भेटिएका छैनन् । त्यस्तै सान्नी त्रिवेणी गाउँपालिका–८ का १६ वर्षीय कमलको पहिरोमा परी मृत्यु भएको छ । पिपिरी खोलामा आएको पहिरोले पुरिएर उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैबीच तिलागुफा नगरपालिका–७ बालीगाउँको पहिरोमा घर पुरिँदा बेपत्ता भएका स्थानीय ध्रुवराज विष्टको पाँच जनाको परिवार अझै फेला परेको छैन । असोज २३ गते बिहान साढे १० बजे घरमाथिबाट आएको पहिरोले घर बगाउँदा विष्टकी ३५ वर्षीया पत्नी ममता, १५ वर्षीय छोरा भरत, १३ वर्षीय छोरा कृपेश र ११ वर्षीया छोरी ज्यानी बेपत्ता हुनु भएको छ ।
लगातारको वर्षाले कालीकोटको जनजीवन प्रभावित भएको छ । पहिरोले कर्णाली करिडोर र कर्णाली राजमार्ग अवरुद्ध छ । वर्षाले ठाउँठाउँमा सडक भत्किएको छ भने रास्कोट, सन्नीत्रिवेणी र शुभकालिकामा घरहरू भत्किएका छन् ।
कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माका अनुसार चार÷पाँच दिन लगातार पानी परेपछि राचुलीका १ सय ९८ घर गाउँ नजिकको विद्यालयमा गई आश्रय लिएका थिए । पानी पर्न छोडेपछि कम क्षति भएका घरका व्यक्ति विस्तारै आफ्नो घरमा फर्कन सुरु गरेका छन् । करिब २२ घर बस्न नमिल्ने गरी पहिरोले भत्किएको छ । हामीले पालको व्यवस्थापन गरेका छौ भने तत्काल राहत सामग्री पनि पठाइएको थियो । आन्तरिक मामिला मन्त्रालय, कर्णाली प्रदेशबाट असोज २६ गते पठाइएको ३०÷३५ थान राहत सामग्री पनि आज पठाइएको छ । हामीले तथ्याङ्क सङ्कलन गरिरहेका छौ । असोज २७ गते विपत व्यवस्थापन समितिको बैठक बसेर यस हप्ता भित्र प्रारम्भिक राहत पठाउने योजना रहेको कालिकोटका प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनु भएको छ ।
कालीबहादुर मल्ल
सम्बन्धित समाचारहरू
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ – कानुन मन्त्री गाहा मगर
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले माघ २० गते पोखरामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी प्रदेश सरकारको दायित्व र भूमिका’ विषयक कार्याशाला गोष्ठी सम्पन्न गरेको छ ।…
सासूमाथि अमानवीय व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया सासुू जयसरा न्यौपानेलाई अपमानजक र अमानवीय व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत, अछामले माघ १९ गते बुहारीद्धय ३५ वर्षीया धर्मा न्यौपाने र ३० वर्षीया…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा साँफेबगर नगरपालिका–११ बाब्लाका ३८ वर्षीय देवेन्द्रबहादुर कुँवरलाई जिल्ला अदालत, अछामले १३ वर्ष कैद र पाँच लाखको क्षतिपुर्तिको फैसला माघ १९ गरेको छ । जिल्ला…
दलित लक्षित अभिव्यक्ति दिएको घटनाका आरोपितलाई कारबाहीको माग
सिंजा गाउँपालिका–२ घोडेङ्गका ४० वर्षीय गौरीलाल जैशीले माघ १६ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत् दलित समुदाय लक्षित विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा कारवाहीको माग गरिएको छ । उहाँले…
बलात्कार कसुरमा ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला
बालिका बलात्कारको कसुरमा जिल्ला अदालतले भानु – १० का ७३ वर्षिय ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको ०७९ माघ १८ गतेको इजलासले बालिका बलात्कारको अभियोग दावी पुग्ने…