पहिरोले भूकम्प प्रभावितको अस्थायी टहरा बगाउँदा दुई बालिका सहित चार जना घाइते

  ०८१ साउन २ गते

पहिरोले भूकम्प प्रभावितको अस्थायी टहरा बगाउँदा दुई बालिका सहित चार जना घाइते भएका छन् । कुशे गाउँपालिका–८ दल्लेनाका दलसरी थापा र विष्णु थापाको अस्थायी आवासको लागि बनाएको टहरा साउन १ गते राती बगाएको हो ।

पहिरोले कुशे गाउँपालिका– ८ की ३५ वर्षीया दलसरी थापा,  छोरी चार वर्षीया हस्तीका थापा, २९ वर्षीया विष्णु थापा र १७ वर्षीया निरमाया थापा घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका डिएपी पुरुषोत्तम पाण्डेले घाइते मध्ये विष्णु थापाको अवस्था गम्भीर रहेको वताउनु भयो । वडा अध्यक्ष डिल्ल बहादुर सिहले प्रहरीलाई खवर गरेपछि तत्काल  राती नै घटना स्थाल पुगेको प्रहरी चौकी पैकबाट घटना स्था पुगेर घाइतेको उद्धार गरेको हो ।

पहिरोले घर नै पुरिएपछि घाइतेलाई प्रहरी र स्थानीयबासीले बोकेर सुरक्षित स्थानमा ल्याएको थियो । रातीमा घटना भएपछि विहान जिल्ला अस्पताल जाजरकोटमा उपचार गरि थप उपचारको लागि हेलिकोप्टर मार्फत उद्धार गरि नेपालगञ्ज पठाउने तयारी गरिएको प्रहरी प्रमुख डिएस्पी पाण्डेले बताउनु भयो ।

गाँउ गाँउमा सिहदरवार भएपनि सडक सुविधा, स्वास्थ्य संस्था नहुँदा उपचारका लागि डोकोमा बोकेर सुविधा सम्पन्न अस्पतालमा लैजानु पर्ने अवस्था छ । यातायातको पहुँच नभएपछि राती नै उद्धार गरेका घाइतेले समय उपचार पाएका छैन्न ।

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भूकम्पपछि विपद्को उच्च जोखिममा रहेकाले नागरिकलाई स्वयम सचेत हुन आग्रह गरिएको छ । बेला बेलामा प्रहरीलाई गाउँबस्तीमा खटाएर चर्किएका घरमा नबस्न र सुरक्षित स्थानमा बस्न आग्रह गरेको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताउनु भयो ।

 

Photo20240717Jajarkot (2)

 

Photo20240717Jajarkot (1)


बासुदेव शर्मा