पहिरोले बाटो अवरुद्ध हुँदा खाद्यान्नको अभाव
चुमनुव्री गाउँपालिका–६ चुम्चेत स्थित लोक्पामा डेढ महिनादेखि निरन्तर पहिरोले बाटो अवरुद्ध हुँदा छेकम्पार र चुम्चेतमा खाद्यन्न अभाव भएको छ ।
वडा नम्बर ६ को चुम्चेत र वडा नम्बर ७ को छेकम्पारमा डेढ महिना यता उपभोग्य सामाग्री ढुवानी हुन नसक्दा समस्या उत्पन्न भएको हो ।
सडकले नजोडिएको उक्त क्षेत्रमा खच्चड मार्फत उपभोग्य सामाग्री ढुवानी हुँदै आएको र बाटो अवरुद्ध भएको कारण खाद्यान्न ढुवानी हुन नसकेको छेकम्पारका स्थानीय तेन्जीङ लामाले बताउनुभयो ।
‘मान्छे हिँड्ने बाटो छैन, लोक्पाको पहिरो कट्नै सकिन्न,’–उहाँले भन्नुभयो–‘गाउँका पसलहरु रित्तिसके, स्टक चामल पनि सकिदै गएको छ ।’
प्रदेश र सङ्घीय सरकारलाई बाटो अवरुद्धले पारेको खाद्यन्न सङ्कट लगायतका अप्ठारा सुनाएपनि अझै चामल पुग्न नसकेको स्थानीयको गुनासो छ ।
६ सय भन्दा बढी घरधुरी भएको यी दुई वडामा धानको खेती हुदैन । वडामा सहुलियत दरमा खाद्यान्न उपलब्ध गराउने खाद्यन्नको डिपो गाउँपालिकाको केन्द्र सिर्दिवासमा छ । वडालाई केन्द्रसँग जोडने बाटो भने पहिरोले अवरुद्ध छ ।
‘बाटोको बिचमा पहिरो छ, खाद्यको डिपोसम्म पुग्नै सकिन्न,’–लामाले भन्नुभयो– ‘भदौ १ गते लोक्पमा झरेको पहिरोले १२ ओटा खच्चड समेत पुरेको थियो । त्यसयता निरन्तर पहिरो गइरहेको छ ।’
गाउ“मा चामलको साथै चीनि र अन्य खाद्यान्न पनि सकिएको चुमनुव्री गाउँपालिका–७ छेकम्पारका वडा अध्यक्ष फासा फुञ्जो लामाले बताउनुभयो ।
नेपाली सेनाको हेलिकप्टर मार्फत चामल पुर्याउन पहल भइरहेको तर हालसम्म नआएको उहाँले बताउनुभयो ।
‘एक हप्ता अघि हेलिकप्टरबाट चामल आउँछ भनेर कुरेर बस्यौ, मौसम खराब भएर हेलिकप्टर आउन सकेन,’–उहाँले भन्नुभयो ।
गाउँका समस्या बारे जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र सङ्घीय सरकारलाई समेत जानकारी गराएको उहाँको भनाइ छ ।
दुई वर्ष अघिसम्म छेकम्पार र चुम्चेतका स्थानीयले चीनको सिमा क्षेत्र पुगेर पनि उपभोग्य सामाग्री खरिद गर्ने गरेका थिए तर कोभिड–१९ को जोखिम बढेसँगै चीनको बजार पनि जान नपाएको लामाले बताउनुभयो ।
निरन्तरको पहिरो रोकिने सम्भावना नदेखिएकाले तत्काल चामल लगायतका सामाग्री हेलिकप्टरबाट व्यवस्थापन गर्न दुई वडाका बासिन्दाले माग राख्दै आएका छन् ।
छेकम्पार र चुम्चेतमा खाद्यान्न पुर्याउन हेलिकप्टरको व्यवस्थापन भइरहेको प्रमुख जिल्ला अधिकारी शङ्करहरी आचार्यले बताउनुभयो ।
हरिराम उप्रेती
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २४ गते)
साउन २४ गते ५ सय ६० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९१ हजार १ सय ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तुलसीपुर उप–मनपा–६ का ३४ वर्षीय बालाराम डाँगीलाई साउन २४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २३ गते यौन दुर्व्यवहार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तानसेन नगरपालिका– ६ का २५ वर्षीय शंकर बिकलाई साउन २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २१ गते यौन…
बाबुद्वारा जङ्गलमा अलपत्र छाडिएकी बालिकाको मृत्यु, आरोपित बुबा गिरफ्तार
१५ महिने अनामिका बोहोरालाई जङ्गलमा अलपत्र छाडिएकी बालिकाको मृत्यु भएपछि प्रहरीले बागलुङ नगरपालिका–६ लमगाउँका ३७ वर्षीय बालिकाका बाबु दीपक बोहोरालाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
६ महिने बालिकाको हत्या गरेको आरोपमा आमा गिरफ्तार
६ महिने नाबालिका छोरीको हत्या गरेको आरोपमा प्रहरीले गल्याङ् नगरपालिका–२ इलुङगाकी २२ वर्षीया लक्ष्मी राना र लक्ष्मीका प्रेमी पाल्पा रामपुरका केदार कुमाललाई साउन २० गते गिरफ्तार गरेको छ । ६…