पहिरोले बगाएको खानेपानी मुहान मर्मत नहुँदा स्थानीयलाई सास्ती
छविसपाथिभेरा गाउँपालिका–१ परिङ्गाल र सुगालमा आएको पहिरोले बगाएको खानेपानी मुहान मर्मत हुन नसकेपछि त्यस क्षेत्रका स्थानीयहरुले सास्ती खेप्नुपरेको छ ।
पहिरोले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि स्थानीयलाई समस्या भोग्नुपरेको हो । स्थानीय बासिन्दा लक्ष्मण गिरीका अनुसार खानेपानीको मुहान र पाइपलाइन पहिरोले बगाएपछि २ सय ३० घरपरिवार समस्यामा परेका छन् । भदौ ३० गते गएको पहिरोले मुहान र पाइपलाइनमा क्षति पुगाएपछि पङ्गिाल र सुगालाका २ सय ३० घरपरिवार खानेपानी सेवाबाट वञ्चित हनुपरेको उहाँले बताउनु भयो ।
वर्षौदेखि पनालेखोला खानेपानी योजनाबाट खानेपानी उपभोग गरिरहेका स्थानीयहरु अहिले सेती नदीको पानी उपभोग गर्न बाध्य भएका छन् । पहिरोले खानेपानी मुहान सहित पाइपलाइन बगाएपछि मर्मत गर्न अझै समय लाग्ने पनालेखोला खानेपानी मर्मतसंम्भार समितिका अध्यक्ष ब्रमानन्द्र गिरीले बताउनु भयो ।
वर्षाको समय भएको र तत्काल बजेटको समेत अभव भएका कारण खानेपानी मुहान र पाइपलाइन मर्मतसम्भार गर्न समय लाग्ने देखिएकाले स्थानीयहरुले केही दिन थप समस्या भोग्नु पर्ने उहाँको भनाइ छ । खानेपानीको अभावमा खोलाको पानी पिउनु पर्ने बाध्यताले स्थानीयहरुको स्वास्थ्य अवस्था पनि बिग्रदै जाने भएकोले यसतर्फ सम्बन्धित निकायको तत्काल ध्यान जान आवश्यक भएको स्थानीय लक्ष्मण गरीको भनाइ छ ।
खानेपानीको अभावमा स्थानीयले सेती नदीको धमिलो र फोहोर पानी पिउनु पर्ने बाध्यता रहेको स्थानीय सरस्वती गिरीले गुनासो गर्नु भयो । वर्षाको समयमा फोहोर र धमिलो पानी पिउनु परेका कारण यस क्षेत्रका बासिन्दाहरुमा आँउ, पखाला जस्तो समस्या समेत देखीन थालेको छविसपाथिभेरा गाउँपालिका स्वास्थ्य संयोजक अम्मरराज थापाले बताउनु भयो । आँउ, पखाला जस्ता बिरामीहरु स्वास्थ्य संस्थामा आउन थालेको थापाको भनाइ छ ।
छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष करनजङ्गबहादुर सिंहले खानेपानी मुहान तथा पाइपलाइन मर्मतका लागि वडाको बजेटले सम्भव नभएपछि गाउँपालिकासँग छलफल गरिरहेको बताउनु भयो ।
छविसपाथिभेरा गाउँपालिकाका अध्यक्ष बसन्त चलाउनेले प्रहरी मुचुल्का गाउँपालिकामा पुग्ने वित्तीकै खानेपानीको पाईप स्थानीयलाई उपलब्ध गराएर समस्याको समाधान गर्ने बताउनु भयो ।
क्षतिको विवरण तथा कागजात तयार पार्न ढिला हुने भए तत्कालै गाउँपालिकामा सम्पर्क गरेर आवश्यक लाग्ने पाईप लिएर जानका लागि स्थानीयलाई जानकारी समेत गराइएको अध्यक्ष चालउनेले बताउनु भयो ।
सत्यराज सिंह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोहिणी गाउँपालिका–६, बोधवारका १६ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १३ गते बलात्कार गरेको भन्दै…
बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पाँचखाल नगरपालिका–६ का २९ वर्षीय उमेश दनुवारलाई जिल्ला अदालतले ३ वर्ष कैद, ३० हजार रुपियाँ जरिबाना र घटना बाल विवाह भएको ठहर गरेको छ…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा यशोधरा गाउँपालिका–७, मर्यादपुरका ४९ वर्षीय सञ्जु पासीलाई प्रहरीले ०८१ माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले माघ १७ गते यौन…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दैलेख ढुङ्गेश्वर गााउँपालिका–६, सानो ओइरी घरभइ हाल बाँके जिल्लाको बैजनाथ गाउँपालिका–३, बैरहवाका २२ वर्षीय विमल हिरोजग विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ माघ २३ गते…
विद्यार्थी कुटपिट गर्नेमाथि कारबाहीको माग
लुम्बिनी प्रदेशसभा सदस्य सिके गुप्ताले नवलपरासी प्रतापपुर गाउँपालिका–१ का ६ वर्षीय बालकलाई कुटपिट गर्ने शिक्षकमाथि कारबाही गर्न लुम्बिनी प्रदेश सरकारसँग माग गर्नुभएको छ । लुम्बिनी प्रदेशसभाको माघ २२ गते पाँचौँ…