पहिरोले पुरिएर एकै परिवारका चार जनाको मृत्यु

  ०८१ जेठ ३२ गते

कोशी प्रदेशमा मनसुन सक्रिय भएसँगै प्राकृतिक विपद्का घटना बढेका छन् । फक्ताङलुङ गाउँपालिका-४ मा पहिरोले पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

निरन्तर वर्षापछि ०८१ जेठ ३१ गते रातिको पहिरोले पुरेर फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्रा लिम्बूका ७१ वर्षीय बाबु रामबहादुर साम्रा, ६७ वर्षीया आमा जसमाया लिवाङ साम्रा र नौ वर्षीया जुम्ल्याहा बहिनी गङ्गा र जमुना साम्राको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी रवि रावलले पहिरोले पुरिएर मृत्यु भएकाहरुलाई घटनास्थलबाट निकाल्ने कार्य थालिएको छ ।


एलिना दियाली